२०८० जेष्ठ १८ बिहीबार

भोजपुुरमा स्थानिय तह निर्वाचनको सम्पुुणर् मत गनणा सम्पन्न, एमाले र काग्रेस ३/३ माओबादी २ र स्वतन्त्र उमेरदवार १ गाउपालिकामा बिजयी

-शारादा तामाङ राई
जेठ ३ भोजपुर । भोजपुर जिल्ला भरीको स्थानीय तह सदस्य निर्वाचनको मतगणना मंगलबार सम्पन्न भएको छ । जिल्लामा जम्मा २ नगरपालिका सहित ७ गाउपालिका गरी ९ वटै स्थानिय तह रहेको छ । जस मध्य नेकपा एमाले ३ , नेपाली काग्रेस ३ , नेकपा माओबादी केन्द्र २ र स्वतन्त्र उमेरदवार एउटा गाउपालिकामा बिजयी भएका छन् ।

हतुवागढी गाउँपालीकाको अध्यक्ष प्रेमकुमार राई र उपाध्यक्ष सुनीता राई

नतिजा घोषणा भएका पालिकाहरुमा एमालले षडानन्द नगरपालिका, हतुवागढी र पौवादुुङमा गाउपालिकामा जित हासिल गरेको छ । षडानन्द नगरपालिकामा एमालेका सुुरेन्द्र उदास, हतुवागढी गाउपालिकामा प्रेम कुुुमार राई र पौवादुुङमा गाउपालिकामा किरण राई र जोत्सना राई बिजयी भएका हुुन ।
एमालेले जितेको षडानन्द नगरपालिका र हतुवागढी गाउपालिका उपप्रमुख भने माओबादीले जितेको छ । षडानन्दमा माओबादीकी प्रर्मिला राई र हतुवागढीमा सुुनिता किराती निर्वाचित भएका हुुन, त्यहाँ लोकतान्त्रिक गठबन्धनबाट चुनव लडेका हुन् ।

भोजपुर नगरपालिकामा मेयर बिजयी कैलाश आले

यता नेपाली काग्रेसले भोजपुर नगरपालिका, अरुण गाउपालिका र टेम्के मैयुुङ गाउपालिका जितेको छ । भोजपुुर नगरपालिकामा कैलाश कुुमार आले , टेम्के मैयुुङमा सरोज बस्नेत र अरुण गाउपालिकामा शालिकराम खत्री र बिनिता ढकाल बिजयी भएका हुुन ।
काग्रेसले जितेको भोजपुुर नगरपालिकामा एमालेकी निर्मला शेर्पा र टेम्के मैयुुङ गाउपालिकामा रमा राई उपप्रमुुखमा बिजयी भएका छन । यस्तै नेकपा माओबादी केन्द्रले आमचोक र रामप्रसादराइ गाउपालिकामा बिजय प्राप्त गरेको छ । आमचोकमा अशोक राई र सिता राईले जित हात पारेका छन भने रामप्रसादराइ गाउपालिकामा थाम बहादुुर राई ‘निर्माण” अध्यक्षमा बिजयी भएका छन् । ।
गठबन्धन भएको रामप्रसादराइ गाउपालिका उपाध्यक्ष भने काग्रेसका बिरेन्द्र राईले जितेका छन । उता साल्पा सिलिछो गाउपालिका अध्यक्षमा एमालेबाट बिद्रोह गरेका स्वतन्त्र उमेरदवार दौलथ कुलुङ बिजयी भएका छन । साल्पा सिलिछाको उपाध्यक्षमा काग्रेसकी अस्मिता कुलुङले बिजय हासील गरेको मुख्य निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

आमचोक गाउँपालिकामा प्रमुखमा विजयी असोक राई

२०७९ जेष्ठ ३, मंगलवार १४:३९ गते 1 Minute 12 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।