
जेठ-४, धरान । धरानमा जारी मतगणनामा धरान उपमहानगरपालिका १० न. वडाको मतगणनाको अन्तिम परिणाम आएको छ ।
वडा नं. १० को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बिबेक राई प्यानल सहित बिजयी भएका छन । निर्रावाचित राईले जम्मा कूल मत १८७५ मा ९२४ मत प्राप्त गरि विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रुपा राईले ५६७ मत मात्रै प्राप्त गरेका छन् ।
उक्त वडाबाट धरान उपमहानगरपालिका प्रमुखका लागि नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ३७२, स्वतन्त्र उम्मेदवार हर्क सामपाङले ७४७ र नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले ४१७ मत प्राप्त गरेका छा् ।
त्यसैगरी उप प्रमुखमा नेकपा एमालेका पदम ईश्वो लिम्बूले ६१३ मत र माओबादी उम्मेदवारले ५०९ मत प्राप्त गरेका छन । अहिले सम्म २७ हजार २ सय १७ मतगणना भईसकेको छ ।