धरानको १८ नं. वडा अध्यक्षमा पूण दोश्रोपटक प्रविण राई निर्वाचित

Spread the love

जेठ-४, धरान । धरान उपमहानगरपालिकाको जारी मतगणनामा भर्खरै वडा नं. १८ को मतगणनाको अन्तिम परिणाम आएको छ ।

वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार नरेन्द्र कुमार (प्रविण) राई सहित उनको प्यानल विजयी भएका छन् ।

अध्यक्षका उ प्रबिन (नरेन्द्र) कुमार राई प्यानल सहित बिजयी भएका छन । उनले कुल १३४९ मतमा ७८४ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेमा उम्मेदवार ऋषिराज राईलाई ४७८ मतले हराउदै दोश्रोपटक वडा अध्यक्ष निर्वाचित भएका हुन ।

धरानको १८ नं. वडा मेयरका स्वतन्त्र उम्मेदवार हर्क सामपाङको आफ्नो वडा पनि हो । यस वडाबाट उनले अरु प्रत्यसी उम्मेदवार भन्दा २१३ मत बढी पाएका छन् । एमालेको लालकिल्ला मानिने यसवडाबाट गत स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ ।

मेयर पदका उम्मेदवार मञ्जु भण्डारीले ९८ मत पाउँदा नेकांका उम्मेदवारले ४२७ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार हर्क सामपाङले ६४० मत पाएका छन् ।

60560cookie-checkधरानको १८ नं. वडा अध्यक्षमा पूण दोश्रोपटक प्रविण राई निर्वाचित

प्रतिकृया दिनुहोस्