
-शारदा तामाङ राई
जेठ-५, भोजपुुर । भोजपुर नगरपालिकाका नव निर्वाचित मेयर कैलाश कुमार आलेले चुनाव प्रचार प्रसार सामग्री आफैले उप्काएर हटाएका छन् ।
दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएको दोस्रो दिन (बिहीबार) उनले भोजपुर सदरमुकामको घरघरका भित्तामा टाँसिएका पोस्टर उप्काएर हटाएका हुन् । बजार क्षेत्रको घरका भित्तामा टाँसिएका पोस्टरले नगरको शुुन्दरता विगार्ने भन्दै आले नेतृत्वको टोलिले पोस्टर उप्काएको हो ।
निर्वाचन सकिएकाले प्रचार सामाग्रीको सान्दर्भिकता सकिएकाले पोस्टर उप्काइएको आलेले बताए । मेयर आलेले अन्य राजनितिक दलहरुलाई पनि आफना निर्वाचन सामाग्री हटाउन अनुुरोध गर्नु गरेका छन । उन्ले नगरको बिकाशका लागि सबै सग सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता समेत जनाए ।
आफुुलाई विजयी गराउने मतदातालाई धन्यावाद दिदै उनले भने “जनताको चाहाना अनुुसार समृद्ध नगर बनाउन कुुनै कसर बाकी राख्दिन तपाईको साथ सहयोगको अपेक्षा गरेको छुु ।” उनले थपे चुनाव जितिसके पछि हामीले प्रचार सामाग्री उप्काएका हौं , हाम्रो उद्देश्य भोजपुुर नगरपालिकालाई सफा शुन्दर र हराभरा बनाउने हो ”।
मेयर आले स्थानिय तह निर्वाचनमा दोश्रो कार्यकालका लागि निर्वाचित हुुनुु भएको हो । नेकपा एमालेका भरत कुमार तामाङलाई पराजित गर्दै आले पुन मेयरमा निर्वाचित भएका हुुन् ।
आलेले ५ हजार ६५१ मत ल्याउदा उहाका निकटतम प्रतिस्पर्धी तामाङले ५ हजार १०० मत प्राप्त गरेका थिए । मेयरमा आले र तामाङको ५ सय १५ मतको अन्तर रहेको मुुख्य निर्वाचन आयोगको कार्यालय भोजपुुरले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।