
जेठ-६, धरान । धरानमा जारी मतगणनामा वडा नं. १४ को वडा अध्यक्षमा राप्रपाका उम्मेदवार बिजयी भएका छन् । निर्वाचन अघि मात्र नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गरेर वडाअध्यक्षमा उठेका कृष्णप्रसाद भट्टराई वडाअध्यक्षमा निवार्चित भएका हुन् । उनी २०७४ सालमा पनि वडा नं. १४ को वडाअध्यक्षमा कांग्रेसबाट निवार्चित भएका थिए । यसपाली कांग्रेसले टिकट नदिने भएपछि उनले राप्रपा प्रवेश गरेर उम्मेद्वारी दिएका थिए ।
उनले ९०५ मत प्राप्त गरेर वडाध्यक्षमा निवार्चित भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमालेका उत्तम आलेले ६५४ मात्र प्राप्त गरे, नेपाली कांग्रेसका उम्मेदवार श्याम श्रेष्ठले २९८ मत प्राप्त गरे ।
यसैगरी, महिला सदस्यमा एमालेबाट झरना सुनुवार ७१२ मत प्राप्त गर्दै विजयी भइन् भने एमालेबाटै दलित महिला सदस्य दुर्गा बिक ७३४ मत प्राप्त गरेर निवार्चित भइन् । यसैगरि खुल्ला सदस्यमा कांग्रेसबाट कमल भट्टराई ७२१ र राम तामाङ ७३१ मत प्राप्त गरेर निवार्चित भएका छन् । धरानमा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वडामा चुनाव जितेको हो।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।