
जेठ-८, धरान । धरानमा जारी स्थानीय तह सदस्य निर्वाचनको मतगणनामा धरान उपमहानगरपालिका वडा नं. १६ को भरखरै मतपरिणाम आएको छ ।
वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी भटटराई लगायत उनको प्यानल विजयी भएका छन् । उने १७ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्दी नेकपा एमाले उम्मेदवारले १५ सय ९९ मतमात्र पाए ।
अन्य बिजयी वडा सदस्य प्रतिनिधीहरुमा शुशिला कुमारी श्रेष्ठ, दलित महिला सदस्यमा निरा विश्वकर्मा, खुल्ला सदस्यमा भिम सुब्बा लिम्बु र मुकेश घिमिरे रहेका छन् ।
गत बैसाख ३० मा सम्मपन्न स्थानीय तह सदस्य निर्वाचन सम्मन्न भएको भोलिपल्टबाट शुरु भएको मतगणना आज ९औ दिनमा समेत निरन्तर जारी रहेकोको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार आज बेलुकी वा भोलि विहान सम्ममा सम्पूर्ण मतगणना कार्य सकिने छ । धरानमा खसेको कूलमत ६२८९८ मा अहिले ५८२७७ सम्म मतगणना भइसकेको छ ।

वडा नं. १६ को नवनिर्वाचित पदाधिकारी तथा सदस्य
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।