२०८० आश्विन १२ शुक्रबार

६०६ सालमा उत्पती भएको छोङखा साकेन्वा जेठ ९ गते भब्य रुपमा मनाईने

 

-शरदा तामाङ राई

जेठ-८ भोजपुर । सबै भन्दा पहिले उत्पती भएको छोङखा साकेन्वा भोली भब्य रुपमा मनाईने भएको छ । बिक्रम सम्बत ६०६ सालमा उत्पती भएको साकेन्वा भोली जेठ ९ गते सोमबार भब्य रुपमा पुुजा आजा गरि मनाईने भएको हो ।

किरात राईहरुको आस्थाको धरोहरको रुपमा मानिने साकेन्वामा अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस, सुुख शान्ति होस भन्ने कामना गर्दै पुजा गरिने दाङखाका नागछोङ जब बहादुुर राईले बताए । खोटाङको जन्तेढुङगा गाउपालिका स्थित डम्बर्खुुमा रहेको साकेन्वा थानमा देशका विभिन्न ठाउबाट किराती तथा ग्रैह किरातीहरु भाले पुजा गर्न आउने नागछोङ राईले जानकारी दिए ।

साकेन्वाको बजार भने भोजपुुरको आमचोक गाउपालिका ४ बालाङखा स्थित छोङखामा लाग्ने गरेको छ । बर्षमा २ पटक उभौली र उधौलीमा भोजपुर र खोटाङका १० पगरी ढोल झयाम्टा सहित पुजा गर्न आउने चलन रहेको छोङखा साकेन्वा संरक्षण समितीका सचिव बिष्णुु कुमार राईले बताए । १० पगरीमा भोजपुुरको आमचोक गाउपालिकाको दाङखा, चोन्बा, रोल्ला, खोङला, छोङखा, वासिङ र खोटाङको जन्तेढुङगा गाउपालिकाको बोपुुङ, भीरगाउ र डम्बर्खुु रहेका छन ।

सचिव राईका अनुसार डम्बर्खुुमा रहेको साकेन्वा थानमा शिली नाच सहित पुजा गरे पछि बालाङखाको छोङखामा भब्य रुपमा विभिन्न शिली प्रर्दशन गर्ने परम्परा रहेको छ । यसै बिच साकेन्वाको उपलक्ष्यमा छोङखा साकेन्वा संरक्षण समितीले सबैलाई शुुभकामना ब्यक्त गरेको छ । समितीले साकेन्वा पुुजा तथा शिली नाचमा सहभागिताका लागि समेत सबैलाई आग्रह गरेको छ ।

२०७९ जेष्ठ ८, आईतवार ०९:४८ गते 1 Minute 48 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार