
जेठ-८, धरान । धरान उपमहागनरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई निवार्चित भएका छन् । उनले २० हजार ८२१ मत प्राप्त गर्दै प्रमुखमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी गठबन्धनबका उम्मेद्वार किशोर राईले १६ हजार ६९ मत प्राप्त गरेका छन् ।
एमालेबाट प्रमुखमा उम्मेद्वार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् । उनी साम्पाङसँग ८ हजार ९९६ मतले पछि परिन् भने गठबन्धन उम्मेद्वारसँग ३ हजार २४४ मतले पछि परिन् ।
२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापना पछि धरानमा पहिलो पटक स्वतन्त्र उम्मेद्वार नगर प्रमुखमा निवार्चित भएका हुन् । योसंगै कम्युनिष्ट गढ भनिएको धरानमा लगातार २ पटक कम्युनिष्ट उम्मेद्वार पराजित भएको छ । २०७६ को उपनिर्वाचनमा पहिलो पटक तत्कालिन नेकपा उम्मेद्वार प्रकाश राईलाई नेपाली कांग्रेसका तिलक राईले पराजित गर्दै लालकिल्ला भत्काएका थिए ।
यसैगरि, उपप्रमुखमा लोकतान्त्रिक बाम गठबन्धनबाट निर्वाचित अइन्द्रबिक्रम बेघाले २० हजार ५१० मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी एमालेका पदम इस्वोलाई २ हजार ९०४ मतान्तरले पराजित गरेका छन् । इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।