
-शारदा तामाङ राई
जेठ-९, भोजपुुर । भोजपुरको रामप्रसादराइ गाउँपालिका अध्यक्ष थामबहादुर राई “निर्माण”ले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निणर्य गरेका छन । अध्यक्ष राईले सोमाबर पदभार ग्रहण गर्दै यस्तो निणर्य गरेका हुन ।
सामाजिक सुरक्षा भत्ता लिन घण्टौ लगाएर बैक सम्म धाउनु पर्ने बाध्यता रहेकाले वडा कार्यालय बाटै भत्ता वितरण गर्ने निर्णय गरेको उनले बताए । यो निर्णयसगै बृद्ध बृद्धाको गाउपालिका केन्द्रमा रहेको बैक धाउने बाध्यता हटने भएको छ ।
यस्तै आर्थिक बर्ष २०७९-०८० बाट महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई दैनिक १ सयका दरले खाजा भत्ता उपलब्ध गराउने पनि उनले निणर्य गरेका छन । उनले आफनो चुनावी घोषणा पत्रमा उल्लेख गरिएका सवै कुरा क्रमिक रुपमा पुरा गर्ने पनि प्रतिबद्धता जनाएका छन ।
यसै बिच गाउँपालिका उपाध्यक्ष बीरेन्द्र राईले पनि पदबहाली गरेका छन । रामप्रसादराइ पालिकामा नेकपा एमालेको उम्मेदवारलाई हराउँदै नेकपा माओवादी केन्द्रका थामबहादुर राई अध्यक्ष र नेपाली कांग्रेसका बीरेन्द्र राई उपाध्यक्ष पदमा निर्वाचित भएका हुन । यो गाउपालिकामा माओवादी र कांग्रेसले गठबन्धन गरेका थिए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।