
-शारदा तामाङ राई
जेठ-९, भोजपुुर । भोजपुुरको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले दिर्घ रोगीलाई उपचारका लागि एक लाख सम्म अनुदान दिने घोषणा गरेका छन ।
अध्यक्ष राईले सोमबार पदभार ग्रहण गर्दै क्यान्सर रोगी, मृगौला फेल, मस्तिष्क घात, मुुटुुको अप्रेसन लगाएत दिर्घ रोगीलाई उपचारका लागि एक लाख सम्म अनुदान दिने घोषणा गरेका हुन ।
उनले बृद्ध बृद्धा र असक्त नागरिकलाई यातायात सुविधा उपलब्ध गराउने पनि निणर्य गरेको बताए । उनले भने “बृद्ध बृद्धा र असक्त नागरिकलाई सामाजिक सुुरक्षा भत्ता लिन आउदा र अन्य कामकाजका लागि वडा वा गाउपालिका आउदा समस्या भएकाले यातायात सुविधा उपलब्ध गराउने गरेको छुु, यसबाट गाउपालिकाबासी लाभाम्वित हुनेछन”।
अध्यक्ष राईले ज्येष्ठ तथा अशक्त नागरिक यातायात सेवा सञ्चालन तथा नागरिक उपचार कोष स्थापना सम्बन्धी निणर्यमा हस्ताक्षर गरेका छन । उनले समृद्ध आमचोक निर्माणका लागि आफुु प्रतिबद्ध रहेको भन्दै सबैलाई सहकार्यका लागि आग्रह गरे । अध्यक्ष राईले जनताका समस्या समाधान गर्न कुुनै कसर बाकी नराख्ने दावी गर्दै जनप्रतिनिधी र जनताले सगै मिलेर काम गर्नु पर्नेमा जोड दिएका छन् ।
राई नेकपा माओवादी केन्द्रको तर्फबाट गाउपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । आमचोकमा १० वडा मध्ये ६ वटा वडा सहित उपाध्यक्ष पनि माओबादीले नै जितेको छ । उपाध्यक्षमा सिता राई निर्वाचित हुनुु भएको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।