२०८० मंसिर १४ बिहीबार

सुुर्य लाइफ ईन्स्योरेन्स भोजपुुर द्वारा १० लाख बढीको मृत्युु दावी भूक्तानी

शारदा तामाङ राई
जेठ-१०, भोजपुुर । सुुर्य लाइफ ईन्स्योरेन्स भोजपुुर शाखाले १० लाख बढीको मृत्युु दावी भुक्तानी गरेको छ । शाखाले चैनपुुुर नगरपालिका १ संखुुवासभाका सन्तोष तामाङको परिवारलाई मंगलबार १० लाख बढीको मृत्युु दावी भुक्तानी गरेको हो ।

मृतक तामाङको बुवा भीम बहादुर तामाङलाई टेम्के मैयुङ गाउपालिका अध्यक्ष सरोज बस्नेतले चेक हस्तान्तरण गरि मृत्युु दावी भुक्तानी गरेको भोजपुुर शाखा प्रमुख पाण्डव गुुप्ताले बताए । तामाङलाई पुुरक करार बिमाङक र बोनस रकम गरि १० लाख २४ हजारको चेक दिईएको हो ।

नेपाली सेनामा कार्यरत मृतक तामाङले ५ लाख बराबरको बिमा गरे वापत उक्त रकम परिवारले पाएका हुन् । रकम पाए पछि आफनो परिवारलाई राहत मिलेको मृतकका बुवा तामाङले बताए । उनले भने “भोजपुरमा हुदा छोराले बिमा गरेको रहेछ, अहिले मृत्युु दावी भुुक्तानी पाएका छौ “। फस्ट राईफल गण भोजपुुरमा कार्यरत २२ बर्षिय तामाङको २०७७ साल चैत्र ३ गते मृत्युु भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

२०७९ जेष्ठ १०, मंगलवार १४:३९ गते 1 Minute 58 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र sorongr[email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार