२०८० आश्विन १२ शुक्रबार

भोजपुरको अन्नपूर्णमा दुुई दिने आखा शिविर शुुरु

-शारदा तामाङ राई
जेठ-१२, भोजपुुर । भोजपुरको टेम्के मैयुुङ गाउपालिका स्थित अन्नपुुणर् स्वास्थ्य चौकीमा २ दिने आखा शिविर शुुरु भएको छ ।

शिविर टेम्के मैयुुङ गाउपालिकाको व्यावस्थापन तथा नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा विहिबार देखि शुुरु भएको हो ।

बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा शुुरु भएको शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट आखामा मासुु पलाएको र मोति बिन्दुुको निःशुुल्क शल्यक्रिया भैरहेको नेपाल नेत्र ज्योति संघ भोजपुुरका संस्थापक अध्यक्ष तेज मोतmानले बताए । यस अघि विभिन्न वडामा आखा जाच तथा मोति बिन्दुु छनौट शिविर आयोजना गरिएको छ ।

छनौट शिविर पाचधारे , कोट , गोगने , खावा , तिम्मा , छिनामखुु लगाएत स्वास्थ्य चौकीमा गरिएको हो । शिविरमा शल्यक्रिया गर्नु पर्ने १ सय जना आखाका बिरामी छनौट भएको नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुुख बिजय तामाङले बताए । छनौट भएका मध्य विहिबार ३० जना आखाको रोगीको मोति बिन्दुको शल्यक्रिया गरिएको छ ।

यस्तै जेठ १५ र १६ गते भोजपुुर नगरपालिका १२ पुुरानो डबलीमा पनि आखा शिविर हुुने प्रमुख तामाङले जानकी दिए ।

शिविरमा मोति बिन्दुुको निशुुल्क शल्यक्रिया , आखा सम्बन्धी सम्पुुणर् रोगको जाच तथा उपचार , निशुुल्क औषधी वितरण लगाएत सेवा दिईने आयोजकले जनाएको छ ।

२०७९ जेष्ठ १२, बिहीबार ११:३७ गते 1 Minute 154 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार