२०८० आश्विन १४ आईतवार

वडाध्यक्षामा निर्वाचित स्वतन्त्र उमेरदवार तामाङले गरे आत्माआलोचना

-शारदा तामाङ राई

जेठ-१२, भोजपुुर। भोजपुुरको रामप्रसादराइ गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष राज कुुमार तामाङ समिरले पार्टी समक्ष आत्मा आलोचना गरेका छन् ।

नेकपा माओबादी केन्द्रले टिकट नदिए पछि स्वतन्त्र उमेरदवारी दिई वडाध्यक्षमा निर्वाचित तामाङले विहिबार पत्रकार सम्मेलन गरि आत्मा आलोचना गरेका हुुुन् । उनले पार्टीको निति बिपरित काम गरेको स्विकार गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए ।

अध्यक्ष तामाङले पार्टीमा काम गर्ने बातावरण मिलाई दिन अनुुरोध गर्दै पार्टीको बिधि र निती पालना गर्ने बताए । प्रेस बक्तव्य जारी गर्दै उनले उमेरदवार छनौटका बेला उपयुतm छलफल नभएकाले स्वतन्त्र रुपमा उमेरवारी दिनुु परेको स्पष्ट पारेका छन । उनले भने “आफनो गल्ती प्रति सार्वजानिक रुपमै आत्मा आलोचना गरेको छुु , त्यसैले पुुन काममा फर्किने वातावरण सहित जिम्मेवारी बहन गर्ने वातावरण मिलाई दिन पार्टी समक्ष आग्रह गर्दछुु ” ।

आफु स्वतन्त्र उम्मेदवार भए पनि पार्टीको अन्य उम्मेदवार विजयी गराउन भुमिका खेलेको तामाङ्गले दावी गरेका छन् । स्थानिय तह निर्वाचनमा तामाङ २ सय ३४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । तामाङ निर्वाचित भएको वडामा माओवादीका वडा सदस्यहरु प्रभा राई , जीवन जर्गा मगर , शुुन्दर कुुमार राई र बिष्णा दर्जी बिजयी भएको नेकपा माओवादी केन्द्र रामप्रसादराइ गाउपालिकाले जनाएको छ ।

२०७९ जेष्ठ १२, बिहीबार १३:५७ गते 1 Minute 77 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।