२०८० आश्विन १२ शुक्रबार

भोजपुरको टेम्के मैयुङ गाउपालिका स्थित दुई दिने आखा शिविरमा ४९ जनाको मोतिया विन्दूको निःशुल्क शल्यक्रिया गरीयो

-शारदा तामाङ राई

जेठ-१३, भोजपुुर । भोजपुरको टेम्के मैयुङ गाउपालिका स्थित अन्नपूर्ण स्वास्थ्य चौकीमा भएको दुई दिने आखा शिविरमा ४९ जना आखाका रोगीको मोति बिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

टेम्के मैयुङ गाउपालिकाको व्यावस्थापन तथा नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा विहिबार र शुक्रबार भएको दुई दिने आखा शिविरमा ४९ जना आखाका रोगीको मोति बिन्दुको निःशुुल्क शल्यक्रिया गरिएको हो । बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा भएको शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट २३० जनाको आखाको उपचार गरिएको नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुख बिजय तामाङले बताए ।

गाउमै भएको शिविरबाट उपचार पाउदा आखाका रोगी खुसी भएका छन । यस्तै आगामी जेठ १५ र १६ गते भोजपुर नगरपालिका १२ पुरानो डबलीमा समेत आखा शिविर हुने भएको छ । शिविरमा मोति बिन्दुको निशुल्क शल्यक्रिया, आखा सम्बन्धी सम्पूर्ण रोगको जाच तथा उपचार, निशुल्क औषधी वितरण लगाएत सेवा दिईने प्रमुख तामाङले जानकारी दिए ।

२०७९ जेष्ठ १३, शुक्रबार १५:५५ गते 1 Minute 76 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार