
-शारदा तामाङ राई
जेठ-१६, भोजपुुर । भोजपुुर नगरपालिका १२ टक्सार स्थित पुुरानो डबलीमा भएको दुुई दिने आखा शिविरमा ७९ जना आखाका रोगीको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको छ ।
नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजनामा आईतबार र सोमबार भएको शिविरमा ७९ जनाको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको हो ।
बिराटनगर आखा अस्पताल रानीको प्राविधिक सहयोगमा भएको शिविरमा बिशेषज्ञ डाक्टरहरुबाट मोति बिन्दुुको नि शुुल्क शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति संघ भोजपुुरका संस्थापक सभापती तेज मोक्ताानले बताए । सभापती मो,नका अनुसार आईतबार ४२ र सोमबार ३७ जगरि ७९ जना आखाका रोगीको मोति बिन्दुको नि शुुल्क शल्यक्रिया गरिएको हो ।
यस्तै शिविरमा ४ सय ३५ जनाको आखाको जाच तथा उपचार गरिएको नेपाल नेत्र ज्योति संघ आखा तथा कान उपचार केन्द्र भोजपुरका प्रमुुख बिजय तामाङले जानकारी दिए । शिविरको पहिलो दिन २ सय ५५ जना र दोश्रो दिन १ सय ८० जना गरि ४ सय ३५ जनाको आखाको जाच तथा उपचार गरिएको प्रमुुख तामाङको भनाई छ । केन्द्रले यस अघि बैशाख १२ र १३ गते टेम्के मैयुुङ गाउपालिकाको अन्नपुणर्मा गरेको दुई दिने शिविर गरेको थियो ।
टेम्केमा भएको शिविरमा ४९ जना आखाका रोगीको मोति बिन्दुको निःशुुल्क शल्यक्रिया गरिएको छ । शिविरमा मोति बिन्दुुको निशुुल्क शल्यक्रिया आखा सम्बन्धी सम्पुुणर् रोगको जाच तथा उपचार, निशुुल्क औषधी वितरण लगाएत सेवा उपलब्ध गराईएको आयोजकले जनाएको छ ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।