२०८० आश्विन १४ आईतवार

भोजपुर नगर कार्यपालिकाको निर्वाचनका गठबन्धन दलका बहुुमत सदस्य बिजयी

-शारदा तामाङ राई

जेठ-१८, भोजपुर । भोजपुर नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धन दलका बहुमत सदस्य बिजयी भएका छन । बुधवार भएको कार्यपालिका निर्वाचनमा काग्रेसका ७ र माओवादीका एक गरि गठबन्धन दलका बहुमत कार्यपालिका सदस्य निर्वाचित भएका हुन् ।

कांग्रेसका तर्फबाट टिका कुमारी सार्की, मन कुमारी राई, चन्द्रा राई, प्रतिक्षा श्रेष्ठ, बन्दना सुन्दास, रोमादेवी मंग्राती (सार्की) र लक्ष्मी तामाङ श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै माओबादीका भिम छिरीङ्ग शेर्पा बिजयी हुनु भएको छ । उनिहरु नेकपा एमालेका उमेरदवारलाई हराउदै नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा एमालेका अनु भुजेल, छेची शेर्पा, दिपेन दर्नाल , जानुका खडका (बस्नेत), रितामाया राई, शारदा देवी थापा, सत्यकला राई र संमिक्षा तामाङ पराजित भएका छन् । नव निर्वाचित कार्यपालिका सदस्यहरुले बुधवार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेको भोजपुर नगपालिकाका मेयर कैलाश कुमार आलेका स्वकिय सचिव मनोज खनालले बताए ।

खनालका अनुसार उनिहरुलाई मेयर आलेले पद तथा गोपनियताको सपथ खुवाएर प्रमाणपत्र वितरण गरेका छन । भोजपुर नगरपालिकामा नेपाली काग्रेसको एकल बहुमत रहेको छ । गत बैशाख ३० गते भएको निर्वाचनमा काग्रेसले मेयर सहित १२ वटा मध्ये ८ वटा वडा जितेको हो । यस्तै नेकपा एमालेले उपमेयर सहित ३ वटा वडामा जित हासिल गरेको छ । नेकपा माओबादी केन्द्रले भने एउटा वडा जितेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

२०७९ जेष्ठ १८, बुधबार १४:३५ गते 1 Minute 58 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।