२०८० जेष्ठ १७ बुधबार

आम नागरिकको हरघरमा चेतनाको बाजा बज्नुु पर्छ : मेयर आले

-शारदा तामाङ राई
जेठ-२५, भोजपुर । भोजपुुर नगरपालिकाका मेयर कैलाश कुुमार आलेले जनताको घरघरमा चेतनाको बाजा बज्नुु पर्ने बताएका छन् । विपत पुुर्व तयारी तथा प्रतिकार्य योजनाको परिक्षण अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आलेले बुुधवार यस्तो बताएका हुन् । बिपद बाजा बजाएर नआउने भन्दै उनले बिपदबाट जोगिन जनचेतना फैलाउनुु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर आलेले विपदका घटनाबाट जनधनको क्षति कम गर्न सबैलाई एकजुट हुन पनि आग्रह गरे । उनले भने “विपदबाट बच्ने उपायका बारे चेतना फैलाउन सके भुुकम्प, आगलागी, बाढी पहिरो लगाएत घटनाबाट हुने क्षति न्युुनिकरण गर्न सकिन्छ, त्यसका लागि चेतना मुलक कार्यक्रमहरु ल्याउनुु पर्छ ।

विपदका घटनाबाट बच्ने उपायका बारे नगरपालिकाले चेतनामुलक कार्यक्रम ल्याउने उनको भनाई छ । उनले विपदबाट बच्ने उपायको अभ्यास प्ररिक्षण कार्यक्रम गरेकोका जिल्ला विपद व्यावस्थापन समितीलाई धन्यावाद समेत दिए ।

भोजपुर टुडिखेलमा आयोजित कार्यक्रममा आगलागी, बाढी पहिरो लगाएत विपदका घटनाबाट बच्ने उपायका बारे कृतिम अभ्यास गरिएको शसस्त्र प्रहरी बल टक्सार गुुल्मका डिएसपी दिपकराज बरालले बताए ।

२०७९ जेष्ठ २५, बुधबार १४:२२ गते 1 Minute 22 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।