
-शारदा तामाङ राई
जेठ-२६, भोजपुर । भोजपुरमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दल र नेकपा एमालेले उमेरवारी मनोनयन दर्ता गरेका छन ।
जेठ २८ गते हुने निर्वाचनका लागि गठबन्धन दल र एमालेले बुुधवार मनोनयन दर्ता गरेका हुन । उनिहरुले मुुख्य निर्वाचन कार्यालयमा उमेरदवारी मनोनयन दर्ता गराएको मुुख्य निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तले बताए ।
समन्वय प्रमुखमा गठबन्धन दलको तर्फबाट काग्रेसका कमल थुुलुुङ राई र एमालेका बिष्णुु कुुमार राई बिच प्रतिस्पर्धा हुने भएको हो । प्रमुखका उम्मेदवार राई टेम्केमैयुङ गाउँपालिका वडा नम्वर- ३ बाट निर्वाचित वडा सदस्य हुन् भने थुलुङ भोजपुर नगरपापिलका वडा नम्वर- ३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
गठबन्धन दलको तर्फबाट समन्वय उपप्रमुखमा नेकपा माओबादी केन्द्रकी अनिशा खडकाको उमेरदवारी परेको छ । सदस्यहरुमा नेपाली काग्रेसबाट बिनोद मगर र दिर्घ कुुमारी कार्कीले उमेरदवारी दिएका छन । माओबादीबाट गोमादेबी राई र लादिकी शेर्पाले मनोनयन दर्ता गरेका छन । यस्तै नेकपा एकिकृत समाजवादीबाट राधिका तामाङ र चन्द्रकला राईको उमेरदवारी रहेको छ । गठबन्धन दलबाट जनता समाजवादीका जीवन राईको उमेरदवारी छ ।
यता नेकपा एमालेको तर्फबाट समन्वय उपप्रमुखमा चन्द्रकला राईले उमेरदवारी दिएका छन । सदस्यहरुमा भने साबित्री देवी फुुयल, सत्यकला राई, गाीता दर्जी, चुुडामणी राई, गणेश बहादर खत्री, छत्र बहादुुर तामाङ र गणेश प्रशाद गौतमले उमेरदवारी दिएका हुन । दूई नगरपालिका सहित सात गाउपालिका रहेको भोजपुुरमा गठबन्धन दलको बहुमत रहेको छ । समन्वय समितीको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न ब्यावस्था रहेको छ ।
जिल्लामा गठबन्धन दलको काग्रेसको ६ र माओबादीको ५ गरि ११ जना पालिका प्रमुख र उपप्रमुख रहेका छन । नेकपा एमालेको ७ जना पालिका प्रमुख र उपप्रमुख छन । एक जना भने स्वतन्त्रबाट निर्वाचित पालिका प्रमुख रहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।