२०८० मंसिर २४ आईतवार

भोजपुुरको जिसस प्रमुुख र उप-प्रमुखमा कमल थुुलुुङ र अनिशा खड्का बिजयी

-शारदा तामाङ राई
जेठ-२८, भोजपुुर । जिल्ला समन्वय समिति भोजपुुरमा प्रमुख र उपप्रमुखमा गठबन्धन दलका कमल थुुलुङ राई र अनिशा खडका बिजयी भएका छन ।

शनिवार भएको निर्वाचनमा गठबन्धन दलका प्रमुुख र उपप्रमुख सहित प्यानल नै बिजयी भएको हो । समन्वय प्रमुखमा नेपाली काग्रेसका कमल थुलुुङ राई ११ मत प्राप्त गरि निर्वाचित भएका छन ।

नेकपा एमालेका बिष्णु कमार राईलाई पराजित गर्दै थुलुुङ समन्वय प्रमुखमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी एमालेका राईले ६ मत पाएको भोजपुुरका मुख्य निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तले बताए ।

समन्वय उपप्रमुखमा पनि गठबन्धका तर्फबाट नेकपा माओबादी केन्द्रकी अनिशा खडका बिजयी भईन । खडकाले ११ मत प्राप्त गरि एमालेकी चन्द्रकला राईलाई हराएकी हुन । यस्तै सातै जना समन्वय सदस्यमा पनि गठबन्धन दलका उमेरदवार बिजयी भएका छन । समन्वय सदस्यमा काग्रेसका बिनोद मगर र दिर्घ कुुमारी कार्की, माओबादीकी गोमादेबी राई र लादिकी शेर्पा, नेकपा एकिकृत समाजवादीकी राधिका तामाङ र जनता समाजवादीका चन्द्र कुुमार राई र जीवन राई निर्वाचित भएका हुन ।

समन्वय सदस्यमा एमालेका साबित्री देवी फुुयल, सत्यकला राई, गाीता दर्जी, चुुडामणी राई, गणेश बहादुर खत्री, छत्र बहादुुर तामाङ र गणेश प्रशाद गौतमल पराजित भएका छन । निर्वाचनमा एक जना स्वतन्त्र सहित १८ जना पालिका प्रमुुख तथा उपप्रमुुखले मतदान गरेको हुन ।

गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा दुुई नगरपालिका सहित ७ गाउपालिका रहेको भोजपुरमा काग्रेसका ६ र माओबादीका पाच जना पालिका प्रमुख र उपप्रमुख बिजयी भएका थिए ।

<span;>यस्तै एमालेका ६ जना पालिका प्रमुख र उपप्रमुख निर्वाचित हुदा एक जना भने स्वतन्त्रबाट पालिका प्रमुख निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

२०७९ जेष्ठ २८, शनिबार १५:०० गते 1 Minute 60 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।