२०८० आश्विन ७ आईतवार

वडाध्यक्षले दिए सय जना बिद्यार्थीलाई निशुुल्क बिद्यालय पोशाक

-शारदा तामाङ राई
जेठ-२९, भोजपुर । भोजपुुरको हतुवागढी गाउपालिका ८ का वडाध्यक्ष प्रेम बहादुर थापाले एक सय जना बिद्यार्थीलाई निशुल्क बिद्यालय पोशाक दिएका छन ।

वडाध्यक्ष थापाले आफनै वडाका ३ वटा प्राथमिक बिद्यालयमा अध्ययनरत सय जना बिद्यार्थीहरुलाई नि: शुुल्क बिद्यालय पोशाक दिएका हुन् । थापाले वडा नम्बर ८ मा रहेका बिध्यापोखरी प्रा वि डाडाखर्क, सिहदेवी प्रा वि बारीगाउ र शिक्षा प्रकाश प्रा वि पिचाखामा अध्ययनरत छात्र छात्रालाई पोशाक दिएको हतुवागढीका स्थानिय एलबी प्रधानले बताए ।

सबै बिद्यार्थी बिद्यालय पोशाकमै विद्यालय आउन भन्ने उदेश्यले एक सय जना बिद्यार्थीलाई पोशाक बितरण गरेको अध्यक्ष थापाको भनाई छ । वितरण गरिएको पोशाकको गुुणस्तर पहिलेको भन्दा राम्रो रहेको पनि उनले बताए । उनले ३ वटै विद्यालयसग छलफल गरेर पोशाकमा एक रुपता समेत ल्याएको शिक्षा प्रकाश प्रा वि की प्रधानाध्यापक नेपालमाया राईले जानकारी दिईन ।

पोशाकमा ६५ हजार खर्च गरेका अध्यक्ष थापाले केहि दिनमा सबै विद्यार्थीका लागि टाई र बेल्टको पनि व्यावस्था गर्ने बताए । थापा स्थानिय तह निर्बाचनमा नेपाली काग्रेसबाट वडाध्ययक्षमा निर्वाचित भएका हुन । निशुुल्क पोशाक पाए पछि बिद्यार्थी र अभिभावक खुसी भएका छन् ।

२०७९ जेष्ठ २९, आईतवार ११:३३ गते 1 Minute 53 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार