२०८० आश्विन १२ शुक्रबार

नेपाल टेलिकमको आईपी टिभी सेवा अब मोबाइलमा पनि

जेठ-२९, काठमाडौं । नेपाल टेलिकमको आईपीटिभी सेवा ‘एनटी टिभी’ अब माेबाइलमा पनि उपलब्ध भएकाे छ । केही समयकाे परीक्षणपछि कम्पनीले मंगलबार माेबाइल प्रयाेगकर्ताका लागि ‘एनटी टिभी’ काे बेटा संस्करण सार्वजनिक गरेकाे हाे ।

‘सुरूवाती चरणमा हामीले माेबाइल प्रयाेगकर्ताका लागि एयर फ्री अर्थात् निःशुल्क उपलब्ध हुने च्यानलहरू मात्र राखेका छाैं,’ टेलिकमका प्रवक्ता शाेभन अधिकारीले भने, ‘शुल्क तिरेर हेर्नुपर्ने च्यानलका लागि भने केही समय लाग्नेछ ।’

एनटीटिभी एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट र आईओएस प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्छन् ।

एनटीटिभी एप एन्ड्रोइड प्रयोगकर्ताले यहाँबाट र आईओएस प्रयोगकर्ताले यहाँबाट डाउनलोड गर्न सक्छन् ।

– एप डाउनलोड भइसकेपछि त्यहाँ ‘लगईन’ र ‘एनटीसी लगईन’ विकल्प देखिन्छ ।

– त्यसपछि लगईनमा गई मोबाइल नम्बर राख्नुहाेस् ।

– त्यसपछि तल ‘भेरिफाई’ को विकल्पमा ट्याप गर्नुहोस् ।

– तपाईंको मेसेजमा एउटा ओटीपी आउँछ ।

– ओटीपी काेड राखेपछि ‘कन्टिन्यु’ भन्ने अप्सनमा ट्याप गर्नुहोस् ।

– त्यसपछि तपाईंले ‘फ्री टु एयर सर्भिस’ च्यानल देख्न सक्नुहुन्छ ।

२०७९ जेष्ठ २९, आईतवार १६:१४ गते 1 Minute 51 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार