२०८० जेष्ठ १७ बुधबार

भोजपुुरमा नियमित बिद्युत आपुुर्ति नहुदा उपभोक्ता मारमा

-शारदा तामाङ राई
जेठ-३०, भोजपुर । भोजपुुरमा नियमित बिद्युत आपुुर्ति नहुदा उपभोक्ता मारमा परेका छन् । विद्युत प्राधिकरणको लार्पवाहीले लगातार बिद्युत अवरुद्ध हुदा जिल्लाका उपभोक्ता मारमा परेका हुन् ।

छिन छिनमा बिद्युत आउने जाने भएकाले बिद्युुतिय दुुर्घटना हुने जोखिम बढेको छ । बिद्युत झिपिक्क आउने फेरी जाने समस्या अत्याधिक भएकाले बिद्युतिय उपकरणमा क्षति भैरहेको भोजपुुर सामुुदायिक रेडियोका स्टेशन मेनेजर सन्देश किरातीले बताए । मेनेजर किरातीले भने “दिनमा ५० पटक भन्दा बढी छिन छिनमा बिद्युत आउने जाने भए पछि रेडियोका ट्रान्समीटर, युुपिएस, मिक्सचर, कप्युुटर लगाएत बिजुलीबाट चल्ने सामाग्रीहरु बिग्रने गरेका छन, यसका साथै आगलागी तथा करेन्ट लागेर ज्यानै जाने सम्भावना पनि उतिकै छ, यस प्रति प्राधिकरणको ध्यान जानुु पर्छ”।

समस्या समाधानका लागि सरोकारवाला निकायको समेत ध्यानाकर्षण हुुनुु पर्ने किरातीको भनाई छ । बिद्युत नियमित आपुर्ति नभएको प्रति स्थानियको आक्रोश चुुलिएको छ । स्थानियले प्राधिकरणको लार्पवाहीलाई चासो नदिएको भन्दै सरोकारवाला निकाय र जिल्लाका राजनितिक दलहरुसग पनि गुुनासो गरेका छन ।

समस्या समाधानका लागि सरोकारवाला निकाय र जिल्लाका राजनितिक दलहरुले चासो नदिएको प्रति भोजपुुर नगरपालिका १२ टक्सारका घमचन्द्र दाहालले तिव्र असन्तुुष्टि जनाए । उनले जिन्दाबाद र मुर्दाबादको नारा लगाउन हजारौ कार्यकर्ता उतार्न सक्ने राजनितिक दलका नेताहरु कानमा तेल हालेर बस्नुु दुखद भएको गुुनासो पोखे । दाहालले तत्काल समस्या समाधानका लागि जिल्लाबासीले प्राधिकरणलाई दवाव दिनुु पर्नेमा जोड दिए । यता नेपाल बिद्युत प्राधिकरण प्रदेश नम्बर १ प्रादेशिक कार्यालय भोजपुुर बितरण केन्द्रका प्रमुख पुरुषोतम रेग्मीले भने समस्या समाधानका लागि काम भैरहेको बताए । उनले भोजपुुर नगरपालिका ९ काफ्ले फिडरमा रहेको समस्या पत्ता लगाई बनाईएकाले बिद्युत आउने जाने क्रम घट्ने दावी गरे । प्रमुख रेग्मीले थपे “ भर्खरै काफ्ले फिडरको समस्या समाधान भएको छ, अब अन्य ठाउका समस्या पनि पत्ता लगाएर समाधान गर्ने कोसिसमा छौ, आशा छर उपभोक्ताको गुनासो गर्ने दिन आउने छैन, नियमित बिद्युत प्रयोग गर्न पाउनेछन ” ।

प्रमुख रेग्मीका अनुुसार ३३ केभिए प्रशारण लाईन अबरुद्ध हुदा स्थानिय इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरबाट उत्पादित बिद्युत आपुर्ती गर्दा लोड कम भएकाले समस्या हुने गरेको छ ।
आधा जनसख्या मात्र बिद्युतको पहुचमा जिल्लाका आधा जनसख्या मात्र बिद्युतको पहुचमा रहेका छन । नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत प्रसारण लाइनबाट जिल्लाका ५० दशमलव ३३ प्रतिशत जनता बिद्युतको पहुचमा रहेका हुन ।

वि.सं २०३८ सालमा सिक्तेल खोला जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत भोजपुर सदरमुकामका नागरिकले पहिलो पटक उपभोग गरेका थिए । जिल्लाका नागरिकले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुुगेको छ । अहिले सबै भन्दा बढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत जनाताले केन्द्रीय प्रसारण लाइनको विद्युत उपभोग गरिरहेका छन् । यो गाउँपालिका प्रदेश १ कै पहिलो उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । केन्द्रीय प्रसारण लाइन प्रयोग गर्ने दोश्रो स्थानिय तह भोजपुर नगरपालिका रहेको छ । भोजपुुरको अन्य सात पालिकाहरुमा पनि बिद्युत बिस्तारको काम भैरहेको छ ।
१३ मेगावाट विद्युत केन्द्रिय प्रशारण लाईनमा जोडियो जिल्लामा इष्टर्न र टक्सार पिखुवा खोला हाइड्रोपावर दैनिक १३ मेगावाट विद्युत उत्पादन भइरहेको छ । इष्टर्नबाट पाँच र पिखुवा खोला हाइड्रोपावरबाट ८ गरि १३ मेगावाट विद्युत उत्पादन भइरहेको हो । यी दुवै हाइड्रोपावरबाट उत्पादन भएको १३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  यस्तै उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला-अपर र लोअर दुई आयोजना निर्माण भइरहेका छन् । चार दशमलव सात मेगावाटको अपर चिर्खुवाको ८० प्रतिशत बढी काम सकिएको छ । त्यस्तै जिल्लाको सबभन्दा ठूलो इर्खुवा खोला जलविद्युत आयोजनाको कामले पनि तीव्र गति लिएकोे छ । १५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्ष अघि शुरू भएको हो ।

त्यसैगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमानामा पर्ने श्याम खोलाबाट पनि सात मेगावाट क्षमताको विद्युत आयोजना सञ्चालनको तयारी भइरहेको छ ।

यी बाहेक जिल्लामा सानाठूला गरी दुई दर्जन बढी आयोजना सञ्चालन तथा निर्माणको तयारीमा रहेको नेपाल विद्युत प्राधिकरण भोजपुुर बितरण केन्द्रले जनाएको छ ।

२०७९ जेष्ठ ३०, सोमबार १४:३२ गते 1 Minute 40 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।