२०८० आश्विन १४ आईतवार

भोजपुुरमा काँग्रेसबाट निर्बाचित जन प्रतिनिधिहरुलाई प्रशिक्षण दिईने

-शारदा तामाङ राई
जेठ-३१, भोजपुुर । नेपाली काग्रेस भोजपुुरले स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसबाट निर्बाचित जन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ । काग्रेसले असार ३ गते काँग्रेसबाट निर्बाचित जन प्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको हो ।

कार्यक्रममा पार्टीको स्थानिय सरकार सगको सम्बन्ध, स्थानिय सररकारको बजेट तर्जुमा र जनप्रतिनिधी र जनताको सम्बन्ध लगाएत बिषयमा प्रशिक्षण दिईने जिल्ला सभापती बिनोद बान्तावाले बताए ।

प्रशिक्षण कार्यक्रममा काग्रेसबाट निर्वाचित ६ जना पालिका प्रमुख उपप्रमुुख, २८ जना वडाध्यक्ष र सदस्यहरुको सहभागिता रहने जिल्ला सचिव सफल किरातले जानकारी दिए । यस्तै सोही कार्यक्रममा जिल्लाका क्रियाशिल कार्यकर्तालाई पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पार्टीलाई शैद्धान्तिक रुपमा बलियो बनाउन क्रियाशिल कार्यकर्तालाई प्रशिक्षण दिन लागिएको हो । उनिहरुलाई प्रदेश र प्रतिनिधीसभाको चुनावमा काग्रेसलाई कसरी ठुलो दल बनाउने भन्ने बिषयमा पनि प्रशिक्षण दिईने सचिव किरातको भनाई छ ।

प्रशिक्षण नेपाली काँग्रेस केन्द्रीय सहमहामन्त्री. बद्री पाण्डेले दिने कार्यक्रम तय भएको छ । प्रशिक्षण कार्यक्रम सकिए पछि असार ४ गते जिल्ला कार्य समितीको बैठक समेत बस्ने सभापती बान्तावाले बताए ।

२०७९ जेष्ठ ३१, मंगलवार ०४:४३ गते 1 Minute 62 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।