नेकपा माओबादी केन्द्र भोजपुरले अन्तरघात गर्ने नेता कार्यकतालाई कार्वाही गर्ने

Spread the love

-शारदा तामाङ राई
जेठ-३१, भोजपुुर । नेकपा माओबादी केन्द्र भोजपुरले स्थानिय तह निर्वाचनमा अन्र्तघात गर्ने नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने भएको छ ।

पार्टीका साथै गठवन्धन दलका साझा उम्मेदवारहरुलाई असहयोग गरि घात गर्ने नेता तथा कार्यकर्तालाई कार्वाही गर्ने जिल्ला कमिटीको बिस्तारित बैठकमा निणर्य भएको हो । जिल्ला कमिटी बैठकले अनुशासन कार्बाहीको सिफारिस गर्न जिल्ला स्तरिय ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिमा जिल्ला सह ईन्चार्ज कमरेड बिमल खड्का , प्रदेश सदस्य कमरेड अशोक राई र जिल्ला समन्वय सदस्य कमरेड प्रमिला राई रहेका छन । समितीले गहिरो अध्यन तथा छानबिन गरि अन्र्तघात गर्नेलाई अनुशासन कार्यबाहीको सिफारिस गर्ने जिल्ला सचिव बलभद्र राईले बताए । अन्तर्घात गर्ने बिरुद्ध उजुुरी दिन असार मसान्त सम्मको समय तोकिएको सचिव राईले जानकारी दिए ।

यस्तै पालिका चुनावमा माओबादीबाट निर्वाचित सम्पुणर् जनप्रतिनिधिहरुलाई मार्गनिर्देशन तथा प्रशिक्षण दिईएको छ । बैठकले जिल्लाका सम्पुुर्ण मतदाताहरुलाई धन्यावाद ज्ञापन गर्दै माओबादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुुभकामना समेत ब्यक्त गरेको माओबादी केन्द्र भोजपुुरले जनाएको छ ।

61910cookie-checkनेकपा माओबादी केन्द्र भोजपुरले अन्तरघात गर्ने नेता कार्यकतालाई कार्वाही गर्ने

प्रतिकृया दिनुहोस्