
-शारदा तामाङ राई
असार-१२, भोजपुर । भोजपुर नगरपालिकाले ६२ करोड १३ लाख १३ हजार बराबरको वजेट सार्वजानिक गरेको छ । सातौँ नगर सभामा आर्थिक बर्ष २०७९/०८० का लागि ६२ करोड १३ लाख १३ हजार बराबरको वजेट शुुक्रबार सार्वजानिक गरिएको हो ।
प्रस्तावित बजेट सहित निति तथा कार्यक्रम बहुमतले पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुुरेन्द्र राईले बताए । भोजपुर नगरपालिकाका मेयर कैलाश कुुमार आलेले आयतर्फ वित्तिय समानीकरण अनुदान संघबाट ११ करोड ९९ लाख, राजस्व बाँडफाडँबाट ९ करोड ७६ लाख १० हजार, शसर्त अनुदान संघबाट ३३ करोड, विशेष अनुदान १ करोड ५० लाखको बजेट प्रस्तुत गरेका छन ।
यस्तै प्रदेश सरकार वित्तिय समानीकरण अनुदान ६४ लाख १५ हजार, सवारी साधन करको राजस्व बाडँफाडँबाट १ करोड १५ लाख ६३ हजार २ सय ५०, प्रदेश शसर्त अनुदान ७९ लाख ६२ हजार, प्रदेश समपुरक अनुदान १ करोड र आन्तरीक राजस्व तर्फ २ करोड २८ लाख ६२ हजार ७ सय ५० रुपैयाको बजेट प्रस्तुत गरिएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार बिकास, खानेपानी लगायत बिषय समेटिएका छन ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।