
-शारदा तामाङ राई
असार-१४, भोजपुर । अन्तराष्ट्रिय अल्ट्रा धाविका मिरा राईको गाउमा ट्रेल रेस प्रशिक्षण सम्पन्न भएको छ । मिरा राई फाउन्डेसनको अयोजनामा भोजपुुरको पौवादुुङमा गाउपालिका ५ सानोदङुमामा ट्रेल रेस प्रशिक्षण सम्पन्न भएको हो ।
प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा २१ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको फाउण्डेसनका सचिव केशर राईले बताए । प्रशिक्षणको उद्देश्य मिरा राईलाई सम्मान गर्दै ट्रेल रेसको माध्यमबाट गाउपालिकामा पर्यटन पवद्र्धन गर्ने रहेको सचिव राईले जानकारी दिए ।
विश्वमा नेपालको नाम चिनाउने मिरा राई जस्तै अन्य खेलाडी उत्पादन गर्ने फाउन्डेसनको लक्ष्य रहेको सचिव राईको भनाई छ । थर्पू स्थित मिरा राई सभाहलमा भएको प्रशिक्षणमा जिल्लको पौवादुुङमा गाउँपालिका, रामप्रसादराइ गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउपालिका सहित खोटाङ, सुुनसरी र मोरङ जिल्लाका गरि जम्मा ४६ जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षार्थीलाई अल्ट्रा धाविका मिरा राई आफैले प्रशिक्षण दिएका हुन । प्रशिक्षण कार्यक्रम गत जेठ १९ गते देखि असार ११ गते सम्म तिन हप्ता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।