
–शारदा तामाङ राई
असार-१५, भोजपुर । सघिय सांसद सुदन किरातीले भोजपुरको अरुण गाउपालिकाका १२ जना जेष्ठ नागरिकलाई सम्मान गरेका छन ।
धान दिवसको अवसरमा सांसद किरातीले अरुण गाउपालिका २ चम्पे स्थित सिस्नेरीमा बुधवार जेष्ठ नागरिकलाई सम्मान गरेका हुन । उनले ६ जना जेष्ठ महिलालाई साडी, चोली, पछ्यौरी र छाता दिएर सम्माान गरेका छन । यस्तै ६ जना जेष्ठ पुरुषलाई दौरा सुरुवाल र टोपी उपहार दिएर सम्मान गरिएको नेकपा माओबादी केन्द्र भोजपुरका जिल्ला सचिव बलभद्र राईले बताए ।
सांसद किरातीबाट सम्मानित भए पछि जेष्ठ नागरिक खुसी भएका छन । यसैबिच सांसद किरातीले समयमै मल दिन नसकेको भन्दै किसान सग माफी मागेका छन । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका सांसद किरातीले मानो रोपेर मुरी फलाउने समयमा मल दिन नसकेकाले किसानसग माफी माग्न काठमाडौबाट गृह जिल्ला आएको बताए ।
उनले भने “सरकारले अरबौ रकम छुटयाए पनि समयमै किसानलाई मल दिन नसक्नु दुखको कुरा हो, किसानको माग प्रति सरकार गम्भीर हुनु पर्छ, त्यसका लागि ससदमा किसानको प्रतिनिधित्व गर्दै आवाज उठाउने छु ।”
आफूले आफ्नो तर्फबाट मल ल्याउन नसके पछि नैतिकताका आधारमा जिल्लाका किसानसँग माफी मागेको सांसद किरातीले भनाई छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।