२०८० आश्विन ११ बिहीबार

भोजपुुरमा १५ हजार बढीको म्याद गुज्रिएका सामान बरामद

-शरदा तामाङ राई
असार-१७, भोजपुर । भोजपुर सदरमुुकाममा गरिएको बजार अनुुगमनका क्रममा १५ हजार बढीको म्याद गुज्रिएका सामान बररामद गरिएको छ ।

जिल्ला प्रसाशन कार्यायल भोजपुरका निमित्त प्रमुख जिल्ला अधिकारी रामप्रसाद दाहालको नेतृत्वमा गरिएको बजार अनुुगमनका क्रममा १५ हजार बढीको म्याद गुज्रिएका सामान बररामद गरिएको हो । अनुुगमनका क्रममा १५ हजार ५ सय ९० रुपैया बराबरको म्याद गुज्रिएका सामान बररामद गरिएको निमितm प्रजिअ दाहालले बताए ।

म्याद गुज्रिएका सामान नष्ट गरिएकोे उनले जानकारी दिए । जिरोप्वाईन्ट देखि बैकरोड सम्म गरिएको अनुुगमनका क्रममा दुुर्गा किराना पसल, सजिना किराना पसल , कान्तिपुुर किराना पसल, नारायण किराना पसल, बिद्याधरी किराना पसलमा म्याद गुज्रिएको सामान भेटिएका हुुन । म्याद गुुज्रिएका सामान राखेर बेच्ने व्यावसायीलाई सम्झाईएको छ ।

यस्तै अनिवार्य मुुल्य सुुची राख्न समेत सबै व्यापारीहरुलाई प्रशासनले कडा निर्देशन दिएको छ । अनुुगमनमा जिल्ला प्रशासन कार्यालय भोजपुुरका प्रशासकीय अधिकृत नारायण लघुु, घरेलुु तथा साना उद्योग कार्यालयका प्रमुख लोकेन्द्र फागो, भोजपुुर नगरपालिकाका पशुु स्वास्थ्य प्राविधिक सन्तोष कटवाल, भोजपुुर उद्योग बाणिज्य सघका उपाध्यक्ष नीरकुमार बिश्वकर्मा, उपभोक्ता हित संरक्षण मञ्च भोजपुुरका अध्यक्ष गणेश कुुमार श्रेष्ठ, सुुरक्षा निकायका प्रतिनिधी लगाएतको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय भोजपुुरले जनाएको छ ।

२०७९ असार १७, शुक्रबार ११:५७ गते 1 Minute 79 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार