२०८० आश्विन १२ शुक्रबार

भारतद्वारा भोजपुरको तिन स्थानिय तहलाई एम्वुलेन्स हस्तान्तरण

-शारदा तामाङ राई
असार-२०, भोजपुुर । भोजपुरको तिन वटा स्थानिय तहलाई भारत सरकारले एम्वुलेन्स हस्तान्तरण गरेको छ । भारतले जिल्लाको षडानन्द नगरपालिका रामप्रसाद राई गाउपालिका र अरुण गाउपालिकालाई आईतबार एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

नेपाल स्थित भारतीय दुतावासका राजदुत नवीन श्रीवास्तवले षडानन्द नगरपालिकाका मेयर सुुरेन्द्र उदास , रामप्रसादराइ गाउपालिकाका अध्यक्ष थामबहादुुर राई “निर्माण” र अरुण गाउपालिका अध्यक्ष शालिकराम खत्रीलाई एम्बुलेन्सको चावी प्रदान गरेका हुन् ।

आफनो ७५ औँ स्वतन्त्र वर्ष गाँठको अवसरमा अनुदान सहायता स्वरूप भारतले एम्बुलेन्स उपहार दिएको हो  । प्राप्त एम्बुुलेन्स कार्यबिधी बनाएर सञ्चालन गरिने रामप्रसादराइ गाउपालिका अध्यक्ष राईले बताए । पालिकामा रहेका अस्पताल र स्वास्थ्य संस्था मार्फत एम्बुलेन्स सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । एम्बुुलेन्स सञ्चालनमा आए पछि तिन वटै पालिकाले अति विपन्न परिवार, सुत्केरी महिला, अशक्त र जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने भएका छन ।

एम्वुलेन्स बुझ्दै पालिका प्रमुखह?ले भारत सरकार र पालिकालाई एम्बुलेन्स उपलब्ध गराउन विशेष पहल गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगाएतलाई धन्यवाद ब्यतm गरेका छन । यस्तै मेयर उदासले थप अर्को एउटा एम्वुलेन्सको लागि पनि षडानन्द नगरपालिकाले पहल गरिरहेको बताए ।

रेडक्रस मार्फत एम्वुलेन्स ल्यानउका लागि १० लाख विनियोजन गरिसकेको पनि उनले जानकारी दिए । नगरवासीको स्वास्थ्य उपचारका लागि अस्पताल जान सहज होस भन्ने उदेश्यले थप एउटा एम्बुलेन्स ल्याउन लागिएको मेयरको भनाइ छ ।

पालिकामा एम्बुुलेन्स आउने भए पछि स्थानिय जनता खुसी भएका छन । यस्तै अरुण गाउपालिकालाई एउटा बस समेत भारत सरकारले प्रदान गरेको अध्यक्ष खत्रीले जानकारी दिए ।

२०७९ असार २०, सोमबार १३:२७ गते 1 Minute 88 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार