२०८० आश्विन १४ आईतवार

भोजपुुरमा किरात प्रदेशको माग गर्दै यायोक्खाद्वारा एक घण्टा चक्काजाम

-शारदा तामाङ राई
श्रावण-५, भोजपुर । भोजपुरमा प्रदेश नम्बर १ लाई किरात प्रदेश घोषणा गर्न माग गर्दै एक घण्टा चक्काजाम गरिएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुुरले किरात प्रदेशको माग गर्दै बिहिवार एक घण्टा चक्काजाम गरेको हो ।

यायोक्खा केन्द्रको कार्यक्रम अनुसार माझ किरातको भोजपुुरमा पनि चक्काजाम गरिएको किरात राई यायोक्खा जिल्ला कार्य समिती अध्यक्ष सिर्जना राईले बताईन । अध्यक्ष राईले भनिन , “किरात प्रदेश नामाकरणका लागि हाम्रो आन्दोलन जारी छ , हाम्रो माग पुुरा नभए सम्म आन्दोलन रोकिने छैन ।” उनले पहिचान र सभ्यताका आधारमा प्रदेश १ लाई किरात प्रदेश घोषणा गर्नु पर्ने दावी गरिन ।

चक्काजाम कार्यक्रममा किराया जिल्ला सचिव बिदुुर राईले आफुुहरुको माग सम्बोधन नभए जस्तो सुकै मुुल्य चुकाउन तयार रहेको बताए । सचिव राईले आन्दोलनलाई सामान्य रुपमा नलिए आग्रह गर्दै यदि आन्दोलनलाई बेवास्ता गरिए त्यस्को महगो मुुल्य चुुकाउनुु पर्ने समेत चेतावनी दिएका छन ।

जिल्ला सदरमुुकाम स्थित देउराली चौकमा गरिएको चक्काजामका कारण सयौको सख्यामा बस , ट्याक्सी लगायत सवारी साधन बिच बाटोमा रोकिएका थिए । चक्काजाम खुुले पछि रोकिएका सवारी साधन आ आफनो गन्तब्य तर्फ छुटेका छन ।

२०७९ श्रावण ५, बिहीबार १५:५६ गते 1 Minute 114 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।