
-शारदा तामाङ राई
श्रावण-९, भोजपुर । भोजपुरमा कवी तथा उपन्यासकार कविता राईको “गुरु “ उपन्यास माथि परिचर्चा भएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा शनिवार राईको गुरु उपन्यास माथि परिचर्चा भएको हो ।
जिल्ला समन्वय समिती भोजपुरका प्रमुख कमल थुलुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राध्यापक तथा मुन्दुमविद कमलजंग राई, अम्रिका ताम्राकार, शरण खत्री मृदुल र कमला प्रधानले परिचर्चा गरेको प्रतिष्ठानका अध्यक्ष सुवास बिभाष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार परिचर्चाकारहरुले उपन्यासमा समाजमा घटेका घटनाको यथार्थ चित्रण गरिएको टिप्पणी गरका छन ।
कार्यक्रममा परिचर्चाकार कमलजंग राईले समाज परिवर्तनका लागि गुरु उपन्यासको महत्वपुर्ण भुमिका रहने बताए । उनले लेखक आफै गुरु भएकाले पनि उपन्यासको नाम सगै बिषयबस्तु समेत घदलाग्दो समावेश गरिएको जनाकारी दिए । अर्का परिचर्चाकार अम्रिका ताम्राकारले उपन्यासले नेपाली साहित्यमा एउटा ईटा थपेको धारणा राखे ।
यस्तै शरण खत्री मृदुल र कमला प्रधानले उपन्यासमा किराती सस्कार सस्कृति, द्धन्द्धकालमा भएका घटना समेटिएको बताए । परिचर्चा कार्यक्रममा कवि तथा उपन्यासकार राईलाई सम्मान समेत गरिएको प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले बताए ।
उपन्यासकार राईलाई नेपालका साथै भोजपुरको साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको सचिव दाहालले जानकारी दिए । राष्ट्रिय कविता महोत्सवमा प्रथम बन्नु भएकी राईको उपन्यास पद्यमश्री पुरस्कारका लागि समेत छनौटमा परेको छ । कार्यक्रमा उपन्यासकार राईले भोजपुर प्रतिभा पुरस्कारका लागि ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको आयोजकले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।