२०८० मंसिर २४ आईतवार

भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन निर्वाचित

-शारदा तामाङ राई
श्रावण-१०, भोजपुर ।  भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन निर्वाचित भएका छन । समाजको छैटो साधारण सभा बाट पाख्रिन अध्यक्षमा निर्वाचित भएका हुन ।
उक्त साधारण सभाले वरिष्ठ उपाध्यक्षमा झकिन्द्र खतिवडा, उपाध्यक्षमा मछिन्द्र तामाङ, र सिता बिष्टलाई चयन गरेको छ । महासचिवमा सुनिता गुरुङ सचिवमा दिपा राई र कोषाध्यक्षमा रोजी गोले निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पाख्रिनले बताउनुु भयो ।

त्यसैगरी सदस्यहरुमा भने नमुना दाहाल, जीवन गोले, तेज गोले तामाङ, अन्जु भट्टराई, बिकास पाख्रिन, सरिता लुईटेल लगाएत १८ सदस्य समिती चयन गरिएको छ । साधारण सभाले समाजको संरक्षकमा कृष्ण रायमाझी, बिष्णु पाख्रिन र अनु थापालाई निर्वाचित गरेको छ ।

तस्वीर : नवनिर्वाचित अध्यक्षमा पाख्रिन

समाजको प्रमुख सल्लाहकार इन्दिरा अधिकारी र सल्लाहकारमा सरस्वती राईलाई चयन गरेको अध्यक्ष पाख्रिनले जानकारी दिए । निर्वाचित भएपछि अध्यक्ष पाख्रिनले भोजपुर जिल्लाको समग्र बिकासमा सहयोग गर्ने पतिबद्धता जनाए ।

सस्थाले प्रवासमा रहेका सवै भोजपुरेहरुलाई एकिकृत गरी आफनो ठाउँको बिकाशका लागि सवै पक्षसँग सहकार्य र समन्वय गर्दे काम गरिरहेको महासचिव सुनिता गुरुङले भनाइ रहेको छ ।

२०७९ श्रावण १०, मंगलवार १५:०८ गते 1 Minute 170 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।