
-शारदा तामाङ राई
श्रावण-१३, भोजपुर । भोजपुुर बहुमुुखी क्याम्पसमा देखिएका समस्या तत्काल समाधान गर्न चार वटा बिद्यार्थी सगठनले १५ दिनको अल्टिमेटम दिएका छन ।
नेपाल बिद्यार्थी सगठन , अनेरास्वियुु क्रान्तिकारी , समाजवादी बिद्यार्थी युनियन र अनेरास्ववियुुले क्याम्पसमा देखिएका समस्या तत्काल समाधान गर्न १५ दिनको अल्टिमेटम दिएका हुन । बिद्यार्थी सगठनहरुले क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउदै १० बुुदे माग पत्र पेश गरेका छन । माग पुुरा नभए कडा आन्दोलन गर्ने बिद्यार्थी सगठनहरुको चेतावनी छ ।
माग पत्रमा एक्जिम बैक ईण्डिया, त्रिभुवान बिश्वबिद्यालय, प्रदेश सरकार र स्थानिय तहबाट आएको बजेटबाट क्याम्पसका नया संरचना निर्माण गर्दा सरोकारवाला सहितको निर्णय हुनुु पर्ने, क्याम्पसको पुुरानो संरचनाको सामाग्री बिक्रि गर्दा घोटाला भएकाले छानबिन समिती गठन गरि सावाजानिक गर्नु पर्ने उल्लेख गरिएको छ ।
यस्तै नवनिर्मित चमेना गृह निर्माणमा भएको अनियमितताको समेत छानबिन गर्न माग गरिएको छ । पत्रमा मानविकी संकाय बिए तर्फ ग्रामिण बिकाश आरडी मुुख्य बिषय हटाईएकाले यस बिषयमा भर्ना लिनुु पर्ने, बिद्यार्थीबाट लिईएको शुुल्क अनुसार पाठयपुुस्तक, खेलकुुद सामाग्री, क्याम्पस ब्रुरसर पाउनुु पर्ने, सेनेटरी प्याडको व्यावस्था गर्नु माग गरिएको छ ।
क्याम्पुस प्रमुख भोलानाथ राईलाई बुुझाईएको पत्रमा शुुल्क मात्र लिएर बन्द गरिएको ईन्टरनेट सेवा सुुचारु गर्नुु पर्ने, ई लाईबे्ररी सञ्चालनका लागि खरिद गरिएका सामाग्री सुुचारु गरी व्यावस्थापन गर्नु पर्ने माग राखिएको स्वबियुु सभापती प्रकाशसिह राईले बताए ।