
साउन-१३, बिराटनगर । प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने माग राख्दै संयुक्त खस क्षेत्री नेपाल १ नम्बर प्रदेश समितिले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ।
प्रदेशसभाको कार्यकाल सकिने मिति नजिकिदै गर्दा प्रदेशको नाम जुराउन प्रदेश सरकार र प्रदेशसभा सदस्यलाई चटारो परेको छ। नाम के राख्ने भन्ने अझै टुंगोमा पुग्न नसकेका वेला आजा (बुधबार) संयुक्त खस क्षेत्री नेपालले मुख्यमन्त्री राईलाई प्रदेशको नाम सगरमाथा हुनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको हो।
प्रदेश १ मिश्रित समाज भएकाले इतिहासमा भेटिने, इतिहास बोल्ने जातिको जनसंख्या कम भएकाले जातिको आधारबाट नामकरण हुँदा व्यापक अस्तित्व भएकालाई चित्त नबुझ्ने जारी विज्ञप्तिमा उल्लेख छ। लोकतन्त्रमा निर्वाचनको परिणामलाई स्विकारे जस्तै बहुमतको कदर गर्नुपर्ने बताउँदै उनीहरूले विरोधका लागि विरोध धेरै हुने र ठूलो स्वर गर्नेको कुरा सुन्ने प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
जातीय द्वन्द्व निम्त्याउन सक्ने र स्थायी विवाद ल्याउन सक्ने नाम नराख्न आग्रह गर्दै उनीहरूले कतैबाट नियमसंगत ढंगबाट कार्यसम्पादनमा बेथिति गरिए संयुक्त खस क्षेत्री नेपाल आन्दोलन गर्न पछि नपर्ने चेतावनी समेत दिएका छन्।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।