२०८० जेष्ठ १८ बिहीबार

धरानको खानेपानी समस्या समाधान गर्ने शहरी विकासमन्त्रीको प्रतिवद्धता, मन्त्रीले भने मेराे मन्त्रालय आउनु सल्लाह गराै

श्रावण-१३, धरान। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र शहरी विकासमन्त्री मेटमणी चौधरी बीच भेटवार्ता भएकाे छ । धरान उपमहानगरपालिकाको भ्रमणको क्रममा धरान पुगेका मन्त्री चाैधरीले धरानको मुख्य समस्या खानेपानीको रहेकाे र त्यसकाे समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार धरानमा भएको एक कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री चौधरीले धरानको मुख्य समस्या रहेको खानेपानीको समस्या समाधान गर्नका लागि सकेकाे धरानलाई सहयोग गर्ने र धराने जनतालाई धैर्य गर्न अनुराेध गरे ।

खानेपानीस‌गै धरानमा फोहोरमैलाकाे ब्यबस्थापनमा समेत समस्या भएकाे सुनेकाे र त्यसलाई ब्यबस्थापनका लागि यहा एक कम्पनीले मेसिन राखेर कामकाे थालनी गरेकाे छ त्याे सुखद पक्षा रहेकाे बताए । धरानमा हाल सञ्चालनमा रहेको फोहोरमैलाबाट बायो ग्यास  र मल उत्पादन गर्ने कम्पनीको समेत निरीक्षण गरेका छन ।

उनले  धरानका नगर प्रमुख हर्कराज राईलाई मन्त्रालयमा आउन र केही सल्लाह गर्ने भन्दै निम्ता समेत दिए ।

२०७९ श्रावण १३, शुक्रबार १५:५० गते 1 Minute 28 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।