
साउन-१४, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६ सय ९९ परीक्षणमा ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७ सय ७९ पीसीआर परीक्षणमा २ सय ९२ जना र एक हजार ९ सय २० एन्टिजेन परीक्षणमा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ सय ७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३ सय ६९ रहेको छ ।
सक्रिय संक्रमितमध्ये चार हजार २ सय १८ जना होम आइसोलेसनमा र १ सय ५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये आज धरानमा मात्रै १७ जनामा परिक्षाण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।