२०८० चैत्र १६ शुक्रबार

जुम्लेखा भोजपुरद्धारा पालिका चुनावमा निर्वाचित साम्पाङ जनप्रतिनिधिलाई सम्मान

-शारदा तामाङ रार्ई
श्रावण-१५,भोजपुर । किरात साम्पाङ राई जुम्लेखा नेपाल जिल्ला कार्य समिती भोजपुरले पालिका चुनावमा निर्वाचित साम्पाङ राई जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

जुुम्लेखाले गत बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा बिजयी जिल्लाका साम्पाङ राई जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा रामप्रसादराइ गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माण ,पौवादुङ्मा गाउँपालिका वडा नंम्बर ४ का वडाध्यक्ष रमेश राई, षडानन्द नगरपालिका ३ का वडाध्यक्ष साङदेम्वा राई र भोजपुुर नगरपालिका १० का वडाध्यक्ष सुविन राई रहेका छन । यस्तै वडा सदस्यहरु भोजपुर नगरपालिका १० का दिलकुमार राई, रितामाया राई, षडानन्द नगरपालिका १४ का प्रविन राई, निर्मला राई, टेम्केमैयुङ गाउँपालिका १ तिम्माका सन्तोष राई र टेम्केमैयुङ ७ का रमेश कुमार राई लगायतलाई सम्मान गरिएको छ ।

सम्मान कार्यक्रममा रामप्रसादराइ गाउँपालिका अध्यक्ष थामबहाुदर राईले ऐतिहासिक सभ्यतालाई आधार मानेर वैज्ञानिक विकासको बाटोमा हिडनुु पर्ने बताए । उनले पुुर्खाले सिकाएर गएका सिप र सभ्यतालाई वैज्ञानिक समाजवादमा  रुपान्तरण गर्नु पर्नेमा जोड दिए ।

अध्यक्ष राईले जुम्लेखाको सँस्थागत विकासमा खुलेर सहयोग गर्ने समेत प्रतिबद्धता जनाएा छन । कार्यक्रममा जुम्लेखाका केन्द्रिय उपाध्यक्ष जित किरात, केन्द्रिय सदस्य कृष्ण साम्पाङ जिल्ला कमिटिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति आयोजकले जनाएको छ ।

२०७९ श्रावण १५, आईतवार १५:१९ गते 1 Minute 126 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार