
-शारदा तामाङ राई
श्रावण-१६, भोजपुर। वडाध्यक्ष बाबुुकुुमार राईको पहलमा भोजपुरको रामप्रसादराइ गाउँपालिका ४ दलगाउकी ७० वर्षिया वृद्धा मनकुमारी राईको नया घर बनेको छ ।
गत १० वर्ष देखि जिर्ण अवस्थाको टहरोमा कष्टकर जीवन विताईरहेकी राईको नया घर बनेको हो । राईको घर वडाध्यक्ष राई र समाजसेवी तथा व्यवसायी दलगाँउका बिक्रम राईले निर्माण गरि दिएका हुुन् । बर्षातको समयमा चुहिने टहरोमा बस्दै आएकी बृद्धाको घर निर्माणमा जनप्रतिनिधी र स्थानियको सहभागिता रहेको वडा सदस्य एकराज भुजेलले बताए ।
घर निर्माणमा वडाध्यक्ष राई , कार्यपालिका सदस्य सविना तामाङ, वडा सदस्यहरू महेन्द्र बहादुर कार्की, एकराज भुजेल, हेमादेवी सार्की, अस्थायी प्रहरी चौकी दलगाउका असइ मोहन विक्रम कार्की, भुजेलीथान संरक्षण समितिका स्वयंसेवक र स्थानीय गरि ५६ जनाको सहभागिता रहेको भुजेलले जानकारी दिए । नया घर पाए पछि बृद्धा राई खुसी भएकी छन् ।
उनले वडाध्यक्ष राईलाई नेपाली नागरिकता बनाई दिन समेत आग्रह गरेकी छन् । वडाध्यक्ष राइले राज्यबाट पाउने सेवा सुविधा उपलब्ध गराउन छिट्टै नागरिकता बनाई दिन सहयोग गर्ने प्रतिबद्धता जनाए । राई नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुुन् ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।