२०८० आश्विन १४ आईतवार

इन्धनको मूल्य घट्याे, पेट्रोल र हवाई इन्धनमा नाफा, डिजेल र ग्याँसमा भने घाटा

साउन-१६, काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ । सोमबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल र हवाई इन्धनको मूल्यमा निगम नाफामा गएको छ भने डिजेल र खाना पकाउने ग्याँसमा अझै घाटा रहेको निगम स्रोतले बतायो ।

नयाँ मूल्यअनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटरमै १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ । यस्तै डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ । खाना पकाउने एलपीजी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ भने डिजेलमा ९ रुपैयाँ ५० पैसा अझै घाटा छ । यस्तै एलपीजीमा ५ सय रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको निगमको दाबी छ ।

नयाँ मूल्यपछि पछिल्लो १५ दिनमा निगमलाई समग्रमा ६४ करोड रुपैयाँ घाटा रहेको भन्दै निगमले उपभोक्ता मूल्य घट्ने नघट्ने बारे बोर्ड बैठकले निर्णय गर्ने जनाएको छ ।

बोर्ड अध्यक्ष एवं वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय मुलुकबाहिर भएका कारण बोर्ड बैठक नै अनिश्चित भएको निगमले जनाएको छ ।

२०७९ श्रावण १६, सोमबार १२:३३ गते 1 Minute 59 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।