२०८० आश्विन १४ आईतवार

भोजपुुरमा बजार अनुुगमनका क्रममा बरामद १४ हजार बढीको म्याद गुज्रिएका सामान नष्ट

शारदा तामाङ राई
साउन-२५, भोजपुर । भोजपुुरमा १४ हजार बढीको म्याद गुज्रिएका सामान नष्ट गरिएको छ ।

जिल्ला प्रसाशन कार्यायल भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद दाहालको नेतृत्वमा गरिएको बजार अनुुगमनका क्रममा बरामद गरिएका म्याद गुज्रिएका सामान बुुधवार नष्ट गरिएको हो ।

बजार अनुुगमनका क्रममा १४ हजार ९ सय ७० रुपैया मुुल्य बराबरको म्याद गुज्रिएका सामान बररामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद दाहालको बताए । जिरोप्वाइन्ट गेट देखि बैकरोड सम्म गरिएको अनुुगमनमा किरात होटल, कालिका बुुक्स एण्ड स्टेशनरी पसल, कान्तिपुुर किराना पसल, बिद्याधरी किराना पसलमा म्याद गुुज्रिएका सामान बररामद गरिएको छ ।

यस्तै सिद्धकाली एग्रोभेट र सिद्धकाली हस्पिटलमा समेत म्याद गुुज्रिएका औषधी बररामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दाहालको जानकारी दिए । सहायक प्रजिअ दाहालका अनुसार अनुुगमनका क्रममा अनिवार्य मुुल्य सुुची राख्न समेत सबै व्यापारीहरुलाई प्रशासनले कडा निर्देशन दिएको छ ।

उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न पनि व्यापारीलाई कडा चेतावनी दिईएको जिल्ला प्रशासन कार्यालय भोजपुुरले जनाएको छ ।

२०७९ श्रावण २५, बुधबार १५:१२ गते 1 Minute 68 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।