२०८० चैत्र ६ मंगलवार

हतुवागढीकाे हसनपुरमा जेसिभी दुर्घटना, चालक र सहचालकले हामफालेर ज्यान बचाए

साउन-२७, भोजपुर । भोजपुरको दक्षिणी गाउँपालिका हतुवागढीको वडा नं. ९ हसनपुरको अधिकारी खोला स्थित जेसिभी दुर्घटना भएको छ ।

आज दिउसो अन्दाजी २ः३० बजेतीर घोडेटार बजारदेखी हसनपुर तर्फ बाटो सफाइ गर्न जाने क्रममा बा १ ग ३२४७ नं. को क्याट कम्पनीको जेसीभि ब्रेकफेल भइ बाटोदेखी करीव २ सय मीटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारका प्रहरी निरिक्षक धन बहादुर राजबंशीले जानकारी गराएका छन् ।

उक्त दुर्घटनाबाट हतुवागढी गापा वडा नं. ४ फलामढुङ्गाका निवासी बर्ष २७ का चालक विजय राई र सोही ठाउँका बर्ष २५ का सहचालक अनिल राई भने हामफालेर आफनो ज्यान बचाएको र फालहान्ने क्रममा शरीरमा केही घाउचोट लागेकोले उनीहरुलाई तत्काल चेकजाँच र उपचारको लागि प्राथमीक स्वास्थ्य केन्द्र घोडेटार पठाइएको छ । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरी चौकी हसनपुरले जानकारी गराएको छ ।

दुर्घटनामा परेको उक्त जेसीभि गापा भित्र रहेको सडकलाई भइपरी आउदा मर्मत सम्भार गर्नको लागि करीव ५ बर्ष अगाडी हतुवागढी गाउँपालिकाले खरीद गरेको थियो ।

२०७९ श्रावण २७, शुक्रबार १२:५६ गते 1 Minute 195 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार