२०८० चैत्र ६ मंगलवार

इन्सेफेलाइटिस के हो ? यसको उपाचार कसरी गर्ने ? समयमै उपचार नपुगे ज्यान समेत जान सक्छ

भादौ-२, धरान । इन्सेफेलाइटिस रोगको पहिलो लक्षण सामान्य तय ज्वरो आउने, शरीर दुख्ने र जिउ गल्ने हुने गर्दछ । ज्वोरो आफैमा रोग नभइ अरु कुनै रोगले आक्रमण गर्न खोज्दै छ है भन्ने कुनै रोगको लक्षणको संकेत हो ।

ज्वोरो आयो भने हामीले आफैले Antipyretic औषधी चलाउछौ सामान्य ज्वरो त्यसै निको हुने गर्दछ । तर कहिलेकही ज्वोरो अन्य रोगको लक्षण भए समान्य अवस्थामा नआउन सक्छ । इन्सेफेलाइटिस एक प्रकारको मस्तिष्क ज्वरो हो । यो ज्वोरो पनि भाइरल ज्वोरोको संक्रमणको कारणले हुने गर्दछ । यस्तो ज्वरोमा उल्टि हुने, शरिर थाके जस्तो, शरिर गलेर सुस्त हुने, टाउको दुख्ने जस्ता लक्षणहरु देखिन सक्छ ।

यस्ता रोगको पहिचान हुन गाह्राे हुने भएकोले ज्वोेरो आउनसाथ तुरुन्तै चिकित्सकोे परामर्शमा उपचार गराउन लागि हाल्नु पर्दछ । यसको समयमै रोगको पहिचान नगरी उपचारमा ढिलासुस्ती भएको खण्डमा विरामीको अवस्था गम्भिर हुन सक्छ र उनको ज्यान समेत जोखिम हुनसक्दछ ।

यसको उपचार विधि के हो ?
यो रोग सन् १८७० मा पहिलो पटक जापानमा भेटिएको हुनाले यो रोगलाई जापानी एन्सेफेलाइटिक भन्ने गरीन्छ । सन् १९७८ मा यो रोग भारतमा समेत देखिएको थियो । जुलाईदेखी डिसेम्बरसम्म विशेष गरेर साना-साना बच्चहरुमा यो रोग बढी मात्रमा देखा परेको पाइन्छ ।

इन्सेफलाइटिस एक मस्तिष्क ज्वोरो नै हो । यसको उपचार गर्नुपूर्व जान्नुपर्ने महत्वपूर्ण कुरा ध्यान दिनुपर्दछ । यो ज्वरो पनि सामान्य ज्वरो जस्तै हुने गर्दछ । हामीले सबैभन्दा पहिले ज्वरो भाइरल एन्फेक्सन हो होइन भन्ने कुरामा विषेश ध्यान दिन आवश्य छ । भाइरल इन्फेक्सन हो भने सामान्य औषधिबाट पनि निको हुन सक्छ । यदि भाइरल ज्वरो नभइ मस्टिष्क ज्वरो हो भने विस्तारै यसले च्याप्दै लान्छ र अन्तमा विरामीलाई अक्सिजनको समेत आवश्यक हुन सक्दछ ।

यो रोगबाट कसरी बाच्न सकिन्छ ?
यो रोगको जीवाणु पनि फोहर पानीमा बस्ने र त्यहीबाट विस्तारै फैलिदै जाने भएकोले घर वरीपरी जम्मा हुने फोहर पानी वा अन्य फोहर जन्य बस्तुहरु तत्कालै ब्यबस्थापन गर्ने । यसबाट मलेरीया (मछर) उत्पादन हुन सक्ने सम्भावीत घर आसपासको फोहोर पानीको खाल्टा खुल्टी पूर्ने र पानी जम्नबाट रोक्ने काम गर्नुपर्दछ । झुलको प्रयोग वा किटानाशक औषधिको प्रयोग गुर्नपर्दछ ।

यो रोगबाट संक्रमित हुने संक्रमीत विरामी बेहोस भइ कोमामा जानसक्ने भएकोले दक्ष चिकित्सकसंगको परामर्शमा हस्पिटल रिफर गरी आकस्मिक कक्षामा भर्ना गरी सघन उपचार गर्नुपर्ने समेत हुन सक्छ । यस अवस्थामा विरामीलाई पहिलाकै अवस्थामा ल्याउन निक्कै समय लाग्ने हुनसक्छ ।

२०७९ भाद्र २, बिहीबार १३:४० गते 1 Minute 406 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार