२०८० चैत्र ६ मंगलवार

सुनसरी क्षेत्र नं १ बाट कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेद्वारहरुकाे नाम सिफारिश गर्याे

भदाै-१७, धरान । मंसिर ४ गते हुन लागेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांंग्रेसले सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीका अनुसार सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि पुर्वमन्त्री मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, मीना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारका लागि प्रा.डा. गोविन्द बहादुर तुम्वाहाङ, विनोद कुमार राई, भिष्म काफले ले, डा. आनन्द प्रसाद आचार्य, मिना पुलामी, गणेश परियार, गोविन्द दर्नाल, गणेश सुब्बा, चित्रकुमारी राई, महेन्द्र प्रधान, भोजकुमार न्यौपाने, पुर्ण सुवेदी, प्रेम पौडेल, पुर्णबहादुर राई, निर्मला गुरुङ, मनिता घिमिरे र कोपिला भट्टराईको नाम सिफारिस भएको पनि प्रवक्ता पुरीले जानकारी दिए ।

प्रदेशसभातर्फ भएका उम्मेदवार :

कांग्रेसले प्रदेशसभा सुनसरी क्षेत्र नं १ (१) वाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिक उम्मेदवारका लागि चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, संदिप श्रेष्ठ, रवि राई, किशोर राई, पदमसुन्दर लिम्वु, अशोक अविरल राई, कृष्णकला मादेन, झुमादेवी राई, कुसुम लता ओली, शिला बज्रचार्य, निर्मला शर्मा (नेपाल), श्यामा रेग्मी, विश्वराज शर्मा, मदन ढकाल, विनोद घिमिरे, युवराज शंकर, राजेन्द्र साह, जयप्रकाश शर्मा र सचित शर्मा (झा) को नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ ।

यसैगरि, प्रदेशसभा सुनसरी क्षेत्र १(२) वाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि माधव घिसिङ, तिलक राई, जगत बहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई (महिला) को नाम सिफारिस भएको छ । प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारका लागि सन्तोष वि.क., मन्जु राई, बुद्धि कटुवाल, ममता तामाङ, गोविन्द बहादुर बस्नेत, पुजा धामी, विजया कटुवाल, रोजन रनपहेली, उर्मिला प्रधान र सुमित राईको नाम सिफारिसमा परेका छन् ।

२०७९ भाद्र १७, शुक्रबार ११:२९ गते 1 Minute 148 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार