२०८० चैत्र ६ मंगलवार

फोनिज भोजपुरले बुझायो पत्रकार महासघलाई ज्ञापनपत्र

 

-शारदा तामाङ राई

भदौ-१६, भोजपुर । नेपाल आदीबासी जनजाती पत्रकार महासघ फोनिज भोजपुरले नेपाल पत्रकार महासघलाई ज्ञापन पत्र बुझाएको छ ।

फोनिजका जिल्ला अध्यक्ष शारदा तामाङ र सचिव प्रमित सिप्तुङ राईको टोलीले जिल्ला शाखा अध्यक्ष एक्सन राई मार्फत बिहिबार महासघको केन्द्रिय समितीलाई ज्ञापन पत्र बुझाएको हो । फोनिजले तत्कालिन नेपाल पत्रकार सघका सस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ रहेको दावी गर्दै देशै भर ज्ञापन पत्र बुझाएको भोजपुर शाखा अध्यक्ष तामाङले बताईन ।

ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासघका भोजपुर शाखा अध्यक्ष एक्सन राईले फोनिजको माग केन्द्र सम्म पुर्याउने प्रतिबद्धता जनाए । ज्ञापन पत्रमा पत्रकार महासघले मान्दै आएको सन्त नेता तथा पुर्वप्रधानमन्त्री कृष्ण प्रशाद भटराईलाई महासघको सस्थापक अध्यक्ष मान्न नसकिने उल्लेख गरिएको छ । फोनिजको ज्ञापन पत्र अनुसार २००८ साल बैशाख ९ गते भएको भेलाले श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार सघ गठन भएको हो । त्यस पछि २००९ साल बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालिन नेपाल पत्रकार सघ पुर्नगठन गरिएको ठोकुवा गरिएको छ ।

भटराई भने २०१२ साल चैत्र १६ गते नेपाल पत्रकार सघको सभापती बन्नु भएको फोनिजले दावी गरेको छ । ज्ञापन पत्रमा नेपालका पत्रकारह?लाई पहिलो पटक संगठित गर्ने श्रेष्ठको अपमान नगर्न समेत जोडदार माग गरिएको छ ।

२०७९ भाद्र १७, शुक्रबार ११:३३ गते 1 Minute 130 Views

यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected][email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार