
-शारदा तामाङ राई
भदौ-१९, भोजपुर । किरात राई पत्रकार संघ जिल्ला कार्य समिती भोजपुरको अध्यक्षमा प्रदिपचन्द्र राई निर्वाचित भएका छन ।
शनिवार भएको पाचौ जिल्ला अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । नेपाल पत्रकार महासंघ भोजपुरको सभाहलमा सम्पन्न अधिवेशनमा उपाध्यक्षमा सुनिता राई, सचिवमा प्रमित सिप्तुङ राई, सह सचिवमा समिर साङपाङ राई र कोषाध्यक्षमा सरिता सुनुवार राई निर्वाचित भएका छन ।
सदस्यहरुमा भने प्रजन राई, दिपेश राई, प्रताप राई, अर्जुन अपहेलित राई, अनिता राई र निर्झरा राई चयन हुनु भएको नव निर्वाचित अध्यक्ष राईले बताए । यस्तै केन्द्रिय प्रतिनिधीमा मनिता खिम्दुङ राई, बिबेक राई र अर्जुन अपहेलित राईको नाम सिफारिस गरिएको छ ।
संघको केन्द्रिय अधिवेशन यही भाद्र ३१ गते सम्पन्न गर्ने तयारी भइरहेको अधिबेशन आयोजक समिती संयोजक अवतार राईले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।