२०८० जेष्ठ १७ बुधबार

वीपी प्रतिष्ठान धरानका प्राध्यापक डा. बसुधा खनाल राष्ट्रपतिबाट सम्मानित

भदाै-२१, धरान । चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको वापत वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी प्रा.डा.बसुधा खनाल राष्ट्रपतिबाट सम्मानित भएका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले वुमन इन मेडिसिन इन नेपाल २०२२ अवार्डबाट सम्मानित गरेकी हुन् । चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप यो अवार्ड प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीबाट प्रा.डा.खनाल सहित १५ जना महिला डाक्टरहरु सम्मानित भएका हुन ।

डा.खनाल प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका प्राध्यापक हुन् । माइक्रोबायोलोजिको क्षेत्रमा पूर्वमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानको कदर स्वरुप उनी सम्मानित भएकी हुन् । डा. खनाल धरानमा जन्मिएर, धरानबाटै विद्यालय र विश्वविद्यालय तर्फ आइ.एस्सि.सम्मको अध्ययन गरेकी थिइन् । तत्कालीन छात्रातर्फको उच्चतम अंक प्राप्त गरे वापत उनी ऐश्वर्या विद्यापदकबाट समेत विभुषित भएकी थिइन् ।

नेपाल सरकारको छात्रावृत्ती कार्यक्रम मार्फत डा. खनालले पाकिस्तानवाट एमबिबिएस अध्ययन गरेर आएपछि प्रतिष्ठानमा मेडिकल असिफर पदबाट सेवा शुरु गरेकी थिइन् । डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति बिकास कार्यक्रम मार्फत माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर (विद्यावारिधी) मा गोल्ड मेडल प्राप्त गरेकी थिइन् । उनले प्रतिष्ठानमा प्राध्यापक तथा माइक्रोबायोलोजी बिभागको प्रमुखमा भएर काम गरिसकेका छन्।

उनले कालाजार, एन्टिबायोटिक प्रतिरोधात्मक क्षमताका ब्याक्टेरिया लागायतका क्षेत्रमा समेत अनुसन्धान गरेकी छिन् भने हाल नेपाल क्लिनिकल माइक्रोबायोलोजी एसोसिएसनको अध्यक्ष समेत छन्।

२०७९ भाद्र २१, मंगलवार ०६:०४ गते 1 Minute 18 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।