
भदाै-२३, धरान । जनता समाजवादी पार्टी (जसपा)ले आगामी निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको छ । जिल्ला स्थित पार्टी अध्यक्ष केशव मगरको अध्यक्षतामा बुधबार बसेको बैठकले उम्मेदवारहरुको नाम टुंग्याएको हो ।
उदयपुर जिल्ला क्षेत्र नंं. १ (क)मा गणेश पुमा राईको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागिभने पार्टीका वरिष्ठ नेता अशोक राईको गृह जिल्ला भएकोले बरिष्ठ नेता राईको मानार्थ नाम सिफारिस भएको छ भने गोपाल राई र कौशिला राईको नाम पनि सिफारिस भएको गोपाल राईले बताए ।समानुपातिक तर्फ उर्मिला राई, बाबुराम राई, सुरेन्द्र राई, मणिकुमार राई, भुपेन्द्र राई, विश्व राई, अञ्जना राई र दुर्गा राईको नाम सिफारिस गरेको छ ।
प्रदेशसभाकै (ख) का लागि प्रदिप चौधरी र नवराज राईको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ खेमनारायण यादव, ओसन घिमिरे, भिम विक, महम्मत इस्लाम र विनोद चौधरीको नाम पठाइएको पार्टीले जनाएको छ ।
त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रत्येक्षततर्फ सिद्धान्त राई र पदम लामाको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ दिपक माझि, फुलसरी राई, गौरीशंकर उदास र अगमशेर राई रहेका छन् । प्रदेशसभा २ (क) प्रत्येक्ष तर्फ विश्वराज राईको नाम सिफारिस गरेको छ ।
समानुपातिक तर्फ बसन्तकुमार राई, घनश्याम कटवाल, हस्तशोभा राई, प्रतिनिधिसभा २ (ख) मा केशव आलेको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ बुद्धिमान तामाङ र शुसिलाकुमारी मगरको नाम सिफारिस भएको राईले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।