
भदाै-२३, धरान । आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै उदयपुरमा चुनावी सरगर्मी बढेको छ ।
प्रतिनिधिसभाका लागि २ र प्रदेशभाका लागि ४ सदस्य निर्वाचित हुने उदयपुरमा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनौट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम दलहरुले धमाधम गरिरहेका छन् ।
यसैक्रममा सत्तासाँझेदारी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निर्वाचन क्षेत्र १ (क) बाट राजन किराती (वासु) को नाम सिफारिस गरेको छ ।
उदयपुर क्षेत्र नं. १ (क) अन्तर्गतको कमाण्डको आज (आईतबार) बसेको बैठकद्वारा नेता किरातीको सिफारिस गरेको हो ।
बैठकले रमण भट्टराई, मनोज तामाङ, मणि खम्बुगरी ४ जनाको नाम सिफारिस गरिएको नगर अध्यक्ष दिनेश वायुङ राईले बताए ।
त्यसैगरी निर्वाचन क्षेत्र १ (ख) मा बिमल राई र पदम दाहालको नाम सिफारिसगरी गरेकाे अध्यक्ष राईले बताए ।
प्रतिनिधिसभाको लागि भने १ नं. क्षेत्रबाट मिनबहादुर ठकुरी र किरण राईको नाम सिफारिसगरी भएकाे छ ।
पदाधिकारी पूर्णता दिनु भन्ने प्रदेश समितको निर्णय तथा निर्देशन अनुसार गत १६ को पार्टीको विस्तारित बैठकबाटै नगर अध्यक्षमा दिनेश राई, उपाध्यक्ष रमेश थापा ( प्रमोद), सचिव कुमार राई र सह–सचिवमा विदुर राईलाई मनोनित हुनेगरी समितिलाई पूर्णता दिइएको राजन किरातीले बताए ।
यहाँ प्रकाशित सामाग्री वा समाचारमा तपाईंको कुनै गुनासो भए हामीलाई [email protected] र [email protected] मा इमेल गरी प्रतिकृया दिन सक्नु हुने छ । आफ्नो वरपरको समाचार, सुचना, जानकारी, सुझाव र सल्लाहरु भए यही ठेगानामा पठाउन सक्नुहुनेछ । -सम्पादक हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।