२०८० जेष्ठ १७ बुधबार

नेकपा एमाले भाेजपुरले उमेदवारहरुको नामावली टुङ्गो लगायाे, ३८ आकांक्षीको नाम सिफारीस

भदाै-२३, भाेजपुर । आउने मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि देशैभरीबाट उमेदवारहरुको नामावली टुङ्गो लगाउन दलहरुलाई यतीबेला चटाराे लागेकाे छ । केहि दिन अगाडि नेकपा एमाले भाेजपुरले पनि उमेदवारहरुकाे नाम टुङ्गो लगाएको छ । जम्मा दूईवटा निर्वाचन क्षेत्ररहेकाे भाेजपुरमा प्रतिनिधि र स‌घीय स‌म्सदका लागि जम्मा ३८ जनाकाे नाम एमालेले टुङगो लगाएकाे हो ।

प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री एवम एमाले प्रदेश कमिटी सचिवालय सदस्य कृपाशुर शेर्पाको नाम सिफारिस गरेको नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले बताए । यता समानुपातिक तर्फ पासाङ दोर्ची शेर्पा र शशी रोक्काको नाम सिफारिस गरिएको छ ।

अध्यक्ष राईका अनुसार प्रदेशसभा (क) को प्रत्यक्ष तर्फ हरि बहादुर राई, देवीराम चौलागाई, प्रकाश पौडेल, प्रशुराम अधिकारी, योगेन्द्र खत्री र रोशन बस्तेतको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ इन्दिरा घले, खगेन्द्र राई, ठाकुरसिं राई, दिपेन्द्र प्रसाद घिमिरे, विनिता तामाङ, विष्णु बहादुर राउत, भोज बहादुर भुजेल, राजकुमार दंगाल (समुल) लक्ष्मी कला राई (जिसी) सुबास मगर र शेरबहादुर श्रेष्ठ गरि १२ जनाको नाम परेको छ ।

यस्तै प्रदेश सभा (ख) को प्रत्यक्ष तर्फ खड्ग बहादुर कार्की (प्रेम) तीर्थकुमार राई, ध्यान बहादुर राउत, प्रशुराम अधिकारी, पारुहाङ राई, राजन कुमार श्रेष्ठ र सृजना राईसहित सात जनाको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (ख) को समानुपातिक तर्फ कुमार फुयाल, चित्रलाल विक, दुर्गा रणपंहेली, पिवन्त न्यौपाने, बन्दना राई, लाल बहादुर विक, राजकुमार कार्की, सजना दर्जी र मुक्ती (आनन्द) राई सहित नौ जना सिफारिस गरिएको एमाले भोजपुरले जनाएको छ ।

२०७९ भाद्र २३, बिहीबार १३:३१ गते 1 Minute 40 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।