२०८० जेष्ठ १७ बुधबार

नवौ राष्ट्रिय खेदकुदका लागि भोजपुरबाट २ सय ५० जना खेलाडी छनौट

-शारदा तामाङ राई

भदौ-२५, भोजपुर । नवौ राष्ट्रिय खेदकुद प्रतियोगिताका लागि भोजपुरबाट २ सय ५० जना छनौट भएका छन । खेलाडीको छनौट भदौ २ गते देखि ७ गते सम्म गरिएको हो ।

जिल्लाबाट प्रदेशका लागि छनौट भएका खेलाडीहरुलाई शनिबार बिदाई गरिएको छ । बिभिन्न ११ वटा खेलबाट छनौट भएका २ सय ५० जना खेलाडीलाई भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले विभिन्न राजनितिक दलका प्रतिनिधी लगाएतले शुभकामना सहित बिदाई गरेको जिल्ला खेलकुद बिकाश समितीका सदस्य सचिव ग्याल्जेन शेर्पाले बताए ।

सदस्य सचिव शेर्पाका अनुसार उसु, बक्सिङ, एथलेटिक्स, कराते, ब्याडमिन्टन, आर्चरी, हेण्डबल, टेबलटेनिस, बुद्धीचाल, आइटिएफ र ताईकन्दोका खेलाडीलाई बिदाई गरिएको हो ।

छनौट भएका खेलाडीले भदौ २९ गते देखि प्रदेशमा हुने प्रतियोगितामा भाग लिने रिमाचुङ एजुकेशन एण्ड स्पोटर्स एकाडेमी भोजपुरका अध्यक्ष पाबिहाङ राईले बताए ।

२०७९ भाद्र २७, सोमबार ०७:०६ गते 1 Minute 42 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।